‘समयमा काम सिकेको हुुनाले त्यही सिपले रोजगार दियो’ : करुणा कार्की/ब्युटीसियन
- बिन्दु अधिकारी ढकाल
- अशोज ३१, २०८२
- 0
‘हरियो वन नेपालको धन’ यो उक्ति आज पनि उत्तिकै सान्दर्भिक छ । यसको व्यवहारिक पक्षलाई मनन गर्दा देशमा कति जङगल हुुर्कियो ? कति फडानि भयो ? यहाँ स्वदेशी काठ प्रयोग गर्ने वातावरण छ, छैन । उमेर पुुगेका रुख यत्रतत्र लडेर र सडेर नष्ट भइरहँदा पनि अबौं रुपैया खर्चेर विदेशी काठ आयात गर्नुु विडम्बनापूूर्ण मात्र होइन, दिगो विकास र आत्मनिर्भर अर्थतन्त्रप्रतिको उपहास पनि हो भन्ने लाग्छ ।
अखबारका पानाभरि काठ आयात भएको समाचार पढ्दा मनै अमिलो र खल्लो हुुन्छ । वन मन्त्रालयको तथ्याङ्कअनुुसार चालुु आर्थिक वर्षको साउनदेखि चैतसम्म मात्र नेपालले ५ अर्ब रुपैयाँभन्दा बढीको काठ तथा काठजन्य वस्तुु ५१ देशबाट आयात गरिसकेको छ । देशका विभिन्न डिभिजन वन कार्यालयहरुमा झन्डै १७ लाख घनफिट काठ मौज्दात अवस्थामा छ । जसको मूूल्य करोडौं आकलन गरिएको छ ।
स्वदेशी काठमा लगाइने उच्च कर र राजश्व हो वा आयातको मुुख्य कारण प्रशासनिक झमेला । यसको प्रत्यक्ष फाइदा विदेशी काठ आयात कर्तालाई हुुने र त्यसमा हुुने ‘चलखेल’बाट केही स्वार्थी समूूह लाभान्वित भइरहेका छन् भन्ने विभिन्न वक्तव्यहरुले संकेत गर्छ । व्यक्तिगत स्वार्थ र चलखेलका विरुद्ध भुुसमा आगो सल्के जसरी युुवा जमात सडकमा उत्रिए, जसलाई जेन–जी नामाकरण गरियो । त्यो आवाजले भदौ २३ र २४ गते देशमा रगतको खोलो बगायो । हिजो सत्तामा बस्नेहरु सत्ताच्युुत भए । धनजनसँगै सार्वजनिक सम्पत्तिको विनास कल्पना बाहिर भयो ।
नेपालमा २३ हजारभन्दा बढी सामुुदायिक वन, ३२ लाख घरधुुरी संलग्नता र २४ लाख हेक्टर वन क्षेत्र व्यपस्थापनमा रहेको यथार्थले देखाउँछ कि हाम्रो देशमा आत्मनिर्भर हुुन सक्ने काठ उत्पादन गर्न क्षमतायुुक्त जङ्गल छ । हिफाजत गरिएको वनलाई प्रोत्साहन गर्नुु त छँदैछ, वातावरण मैत्री, सस्तो र स्वदेशी विकल्पलाई प्रबद्र्धन गर्न अब ढिलो गर्नुु हुुँदैन ।
श्रमिक युुवाका लागि फ्री भिसा, फ्री टिकट भने पनि विदेश उड्न कम्तीमा डेढ÷दुुई लाख रुपियाँ नगद खर्च गर्नुुपर्छ । ऋण काढेर विदेश गएपछि यहाँ भने अनुुसारको काम त्यहाँ नपाउने, एजेन्टबाट ठगिने, ऋणको सावाँ ब्याज बुुझाउन नसकिने, पतिपत्नी, बालबच्चा र घर परिवारमा प्रतिकूूल असर पर्ने जस्ता समस्याले ग्रसित वर्तमान युुवाहरु भने वैदेशिक रोजगारीमा नहतारिएर स्वदेशमै पेसा/व्यवसाय छान्न थालेका छन् ।
तराईमा ई–रिक्सा किनेर चलाउनेहरुको संख्या बढ्दो छ । शहर बजारमा पक्की सडक निमार्ण र विस्तारले ई–रिक्सा गुुडाउन सहज र सरल मात्र भएको छैन, यात्रुुलाई सजिलो तथा आरामदायी पनि भएको छ । दुुई चार वर्ष विदेश बसेर फर्किएका थुुप्रै युुवाले आफैँ साहुु र चालक बन्ने अभिप्राय ई–रिक्सा चलाउन थालेका छन् ।
मधेस प्रदेशबाट रोजगारीका लागि विदेश जानेको संख्या उच्च छ । आठ जिल्ला र १३६ पालिका रहेको मधेस प्रदेशको सबभन्दा बढी युुवा विदेशिने गरेको धनुुषाको सबैला नगरपालिकाबाट विदेशीने संख्या क्रमिक रुपमा घट्दै गएको छ । आर्थिक वर्ष २०८०/८१ मा मधेस प्रदेशका आठवटै जिल्लाका एक लाख ७२ हजार ८६१ जना वैदेशीक रोजगारीमा गएका छन् । जुुन अघिल्लो वर्षमा विदेशीने युुवाको संख्या भन्दा ७ हजार ७९८ कम हो ।
रहर भनेको हिम्मतको बिजारोपण हो । एउटी बालिका जसलाई सानै उमेरदेखि आर्थिक आर्जन गर्न मन लाग्थ्यो । आफ्ना लागि आफैँ कमाउ आफैँ जमाउ त्यही अभिलाषाले बाटो बनायो । छोरीलाई औपचारिक शिक्षा प्रदान गर्न समाज त्यति सहज थिएन तर उनको परिवारले काँध हाल्नुु नै स्कुुलको ढोका खुुला भयो । आफ्ना दाजुुभाइ सरह कक्षा कोठामा हाँजिर भइन् । बढ्दै पढ्दै अघि बढिन् । उनको वर्तमान कहाँ के गर्दै छिन् ?
“मेरो नाम करुणा कार्की । दोलखा जिल्ला सुुनखानी गा.वि.स.वार्ड नं.– ८ मा मेरो जन्म भएको हो । यतिबेला मेरा आमाबुुवा हुुनुुहुुन्न । उहाँहरुकी एक्ली छोरी म पाँच जना दाजुुभाइकी एक्ली चेली हुुँ । हाम्रो घरमा आर्थिक अभाव नहुुनाले र चेतनशील परिवार हुुँदाको सजिलो पाटो मैले स्कुुल पढ्न पाएँ । एसएलसीसम्मको पढाइ गाउँको विद्यालयबाट पूूरा भयो । त्यो बेला कलेज पढ्न गाउँमा सुुविधा थिएन ।”
करुणाको बिहे भयो । ओहो ! पढाइ सक्नुु पथ्र्यो नि ? मैले प्रश्न गरेँ । कि भागी विवाह थियो ? “किन हुुन्थ्यो, होइन । केटा पक्ष माग्न आएर घर परिवार सबैको सहमतीमा मागी बिहे भएको हो । त्यतिखेरको कुरा सपना झैँ लाग्छ तर सत्य झूट हुुँदैन । बरु मनले चितायो भने जस्तै असम्भव पनि सम्भव हुुन्छ । यसको प्रमाण म आफैँ छुु ।
हाम्रो जेठो दाजुु भाउजूू काठमाडौं पुुरानो बानेश्वर बस्नुु हुुन्थ्यो । मेरो कलेज पढ्ने हुुटहुुटीले हामी श्रीमान् श्रीमती पनि दाजुु भाउजूूसँगै बस्न आयौँ, गाउँबाट । म बागबजारस्थित ‘पद्म कन्या’ कलेज भर्ना भएँ र पढ्न थालेँ । पछि, हामीले छुुट्टै कोठा लियौँ । मैले पढ्दै फाइनान्समा काम गरेँ । एक जना आफन्तले लगाइदिनुु भएको थियो ।”
स्थायी रुपमा आफैँ कमाउने ध्येय करुणामा थियो तर ‘प्लस टुु’ पनि नसकि कसरी जागिर मिल्यो ? यस प्रश्नको जवाफमा उनी भन्छिन्– “मुुख्य कुुरा चै सानैदेखि आफैँ कमाउछुु भन्ने सोच नै हो । मैले दिज्युुलाई यो कुरा पटक पटक भनेकी पनि छुु । कलेज पढ्दा नर्स हुुन मन थियो तर त्यसका लागि कुुन विषय कहाँ पढ्नुु ? कसरी जाच दिनुु ? अर्थात्, त्यता भिड्ने लय पक्रिन सकिनँ । यस कारण समय फुुत्क्यो ।”
फाइनान्सको आर्जनले करुणामा साहस थपिदियो । भविष्यमा सौन्दर्य कर्मी बन्छुु भन्ने अर्को नयाँ सोच पनि पलायो । मनमा उब्जिएको त्यो जागरलाई व्यवहारमा कसरी उतारिन् ? “मेरो मन जब ब्युुटीसियन बन्छुु भन्ने भयो, आईटिसि ब्युुटी सियन ट्रेनिङ सेन्टर गएँ । त्यहाँ पुुग्न पत्रिकामा छापिएको विज्ञापनले सहयोग ग¥यो । विज्ञापनमा समाविष्ट फोन नम्बरमा पहिला फोन गरेँ र अफिस गएँ अनि सर म्याडम समक्ष आफ्ना कुुरा बिसाएँ ।
गर्छुु भनेपछि वेर नगरी खटेँ । कम खर्चिलो माध्यमबाट वेसिक कोर्स सिकेँ । म १२ कक्षा उत्तीर्ण विद्यार्थी थिएँ नत्र त्यता इन्ट्री पाइन्थेन । कोटेश्वर चोकमा टंकप्रसाद आचार्यकको शालिकको ठ्याक्कै अपोजिट भागमा थियो, ‘आईटिसि’ को अफिस । अहिले सरेर त्यो कहाँ गयो, मैले मेसो पाएकी छैन ।
शालिक पनि सरेको छ, जडिबुुटी चोक नजिक । समय मिलाएर पढ्दै, फाइनान्समा काम गर्दै, सौन्दर्य कला पनि सिकेँ । आफ्नो कमाइले नधानेको अवस्थामा आमाबुुवा र दाजुुले सहयोग गर्नुुभयो । जीवनको अर्को मोड मेरो बच्चा जन्मियो तर श्रीमान् श्रीमतीसँगै अघि बढ्न सकेनौँ । दैनिक खटपटमा जिन्दगी बाँच्नुुभन्दा समयमै किनारा लाग्नुु ठीक हुुन्छ भन्ने निचोडले म एक्लै मैदानमा खेल्न थालेँ । ‘यहाँ यो नातीको बिजोक हुुनेभयो बरु आफूूसँगै लगेर हुुर्काउछौँ’ भनेर मेरो बुुवाले मेरो बच्चालाई गाउँ लैजानुु भयो ।”
आफैँ काम गर्नुु कमाउनुु अखण्ड राम्रो तर जीवनको त्यो उतारचढावको स्थितिपछि छोरी मान्छे अब एक्लै खट्नुु पर्दैन भन्ने किसिमको कुुरा उठ्यो, उठेन ? आफ्ना अभिभावकलाई कसरी मनाइयो ? उहाँहरुको चित्त अडिने गरी कुुन कसी कसरी बुुझाइयो ।
“दिज्युु, हजुुरको जिज्ञासा सही हो तर हाम्रो घरमा सबै जना शिक्षित हुुनुु भएकाले नकारात्मक दवाव भन्दा पनि हौसला र प्रेरणा दिनुु हुुन्थ्यो । म पढ्नमा राम्रो विद्यार्थी थिएँ । मभित्रको आँट र धैर्य देखेर बहादुुर छोरी, बहादुुर बहिनी, बहादुुर भान्जी, बहादुुर भतिजि यस्तै यस्तै उपमा पाएकी थिएँ । हो, मेरो वैवाहिक जीवन असफल भयो तर त्यो हुुँदैमा जीवनका सबै ढोका कहाँ बन्द हुुन्छ, हुुँदैन ।
समयमा काम सिकेको हुुनाले त्यही सिपले रोजगार दियो । अहिले सम्झदा म स्वयं छक्क पर्छुु । पार्लर सिक्दै पढेँ अर्थात् कलेज पढ्दै सिकेँ । तालिम सिकाउने संस्था आईटिसिको म्यामको अनुुरोधपछि त्यहीँ काम पनि गरेँ तर लामो समय होइन । खासमा म आफैँले पार्लर खोल्न चाहन्थेँ र खोलेँ । त्यो बेला पसलमा आउने ग्राहकहरु के भन्नुु हुुन्थ्यो, बताऊ ? नानी, मेरो कपाल काट्नुु छ, ममीलाई बोलाउ न । म भन्थेँ, मै हो । फेरि, प्रश्न आउथ्यो, पार्लर सम्बन्धी काम गर्न आउछ के ?”
करुणाको कर्म वास्तवमा सत्कर्म हो । पालो उनकै हुुनाले उनी बग्दै गइन् “जीवनमा साह्रो गाह्रो पर्दा पहिला बुुवा हुुनुुहुुन्थ्यो । घरको त्यो दियो निभेपछि दाजुुभाइ छन् । मेरा माइती जापान, जर्मनी भनौँ, युरोपमा श्रम गरिरहेका छन् । त्यो बेला मैले तीन लाख लगानीबाट सुुरु गरेको पार्लर १८ वर्षको भयो । यो १८ वर्ष भनेको बच्चा पनि युुवा हुुन्छ । कोरोना काल अघि कुुनै महिना भाडा तिर्न समस्या भएन । एउटै घरमा निकै लामो समय बसेँ र व्यवसाय सञ्चालन गरेँ । मैले काम अनुुसार दाम कमाएँ । यतिबेला सिटिइभिटिको ट्रेनरको रुपमा पनि काम गरिरहेकी छुु ।”
करुणा सक्षम बनेको देखेर पुुनः घरजम गरौ भन्दै माया प्रेम दर्शाउनेहरु नआएका होइनन्, समय समयमा धेरै आए तर उनलाई भने कसैको भर र विश्वास लागेन । पहिलो पटक महिनावारी नभै बिहे भयो । बच्चा जन्मियो तर त्यो शिशुुले आमाबुुवाको माया पाएन, संयुुक्त रुपबाट वञ्चित भयो । तीन वर्षको कलिलो उमेरमा मावलीघर पुुग्यो । त्यतै बढ्यो, पढ्यो ।
करुणा बिमा कम्पनीसँग कसरी नजिक भइन् ? त्यो प्रशंग कोट्याउन उपयुुक्त थियो । “एक जना सरसँग इन्टरनेटको माध्यमबाट भेट भयो । उहाँ ‘डाइरेक सेलिङ’ कम्पनीमा काम गर्नुुहुुँदो रहेछ, त्यो कम्पनी अन्र्तगत रहेर जुुस बिक्री गर्नुुपथ्र्यो । काम गर्दै जाँदा सरसँग मेरो राम्रै चिनजान भयो । उहाँले बिमाका कुुरा गर्नुु भयो । त्यो सुुन्दा र काम गराइको स्पीड हेर्दा मेरो मन तानियो तै पनि म सौन्दर्य क्षेत्रबाट अघि बढेकी श्रमशील महिला हुुनाले बिमाबारे थप कुुरा नगरौँ कि ?”
१८ वर्षको उमेरदेखि एक्लै काठमाडौंमा बसेर संघर्ष गरिरहेकी करुणाको एक मात्र छोरोले इन्जिनियर पढ्दैछ । उनी आफ्नो ठाउँमा अहोरात्र मिहिनेती र श्रमशील छिन् । विशेषतः महिलाहरुमा थप सौन्दर्य भर्न दिनरात नभनी काम गर्छिन् । कपाल काट्छिन्, फेसियल गर्छिन्, थे्रडिङ गर्छिन, बेहुुली श्रृङ्गारलगायत थुुप्रै किसिमको काममा उनको विज्ञता छ । कस्मेटिक सामानले भरिभराउ सजिसजाउ उनको व्यापार दशैंको मौसममा अरुबेला भन्दा राम्रो गरी चल्छ । कारोबार बढ्ना साथ नाफा पनि बढ्छ । उनी आफ्नो श्रम अनुुसारको दाम लिन्छिन् । कर्म गरे बापत नगद त हात परेकै छ, सौन्दर्य कलाबाट नाम पनि कमाएकी छिन् । उनका नियमित ग्राहक धेरै छन् ।
छोरो राजुुले विदेश पढ्न जान रहर गरेन । यही देशको माटोमा ‘असल केही गर्छुु’ भन्छ, भन्न छुुटाइनन् करुणाले । उनी भने नेपाल सरकारबाट मान्यता प्राप्त ‘सिटिइभिटि’को ट्रेनरको भूूमिकामा खटिरहेकी छिन् । देशभित्र मात्र नभएर समय समयमा विदेश पनि पुुग्छिन्, त्यहाँ सञ्चालित सेमिनारमा भाग लिन । “यही कर्मबाट झन्डै दर्जन देश देखेँ । त्यता जाँदा भत्ता पाइन्छ । देश घुुमिन्छ भनौँ, संसार देखिन्छ । म नहुुँदा मेरो पार्लरमा बहिनीहरु हुुन्छन् । विश्वास डगमगाउन नदिई उनीहरुले चलाउँछन् । उसो त म पनि फुुल टाइम ब्युुटीसियन हुुँ ।”
आफ्नो कमाइको फल उपत्यकामा घडेरी किन्न सफल भएकि छिन्, करुणा । मैले सोधेँ, अब घर बनाउन कहिलेदेखि थाल्ने नि ? मुुसुुक्क मुुस्कान छरेर उनले सुुरु गरिन्, “पछि, छोरोले बनाउँछ । ऊ इलेक्ट्रोनिक इन्जिनियर पढ्दैछ । साहित्यमा पनि निकै रुचि राख्छ । बाबुुको पढाइ खर्चिलो छ । हुुन त मामाहरुले भान्जालाई खर्चवर्चमा सहयोग गरेका छन् । मेरो बच्चा भनेर होइन, ऊ खुुब मिहिनेती छ ।” पहिला काम सुुरु गरेको संस्था सहकारी हुुनाले दैनिक कारोबारको मेसोमा परिवर्तन छ, छैन ? यस प्रश्नको उत्तरमा “त्यो त हो तर यतिखेर मेरो कारोबार फाइनान्ससँग होइन कि बैंकमार्फत गर्छुु । ऋण चाहियोस् या नगद जम्मा सुुरक्षा कवजमा मात्र हात लम्काउनुु पर्छ, नि दिज्युु । पहिला पहिला जे भयो, अब अरु कल्पना गर्दिनँ ।”
करुणाका करुणामय कुुराले वास्तवमै मन छोयो । उनको जागरको जति प्रशंसा गरे पनि वाक्य पूूरा हुुँदैन । जीवनमा आफूूलाई थाहा पाएदेखि अहोरात्र कर्ममा खटेकी÷जुुटेकी उनलाई हृदयदेखि सलाम ! ‘यो देशमा कुुनै काम छैन’ भनेर अर्काको कुुरा काटेर हातमा दही जमाउन रुचाउने युुवतीहरुले उनलाई पढेर र सुुनेर केही सिक्नुु भयो भने तपाईको जीवन पनि बदलिन सक्छ । यहाँ कुुराले होइन, सीपले रोजगार दिन्छ । करुणालेझैँ आफ्नो भाग्य आफैँले निमार्ण गर्नुुपर्छ ।













