दशैँको रङ
- शम्भु सुस्केरा
- अशोज १६, २०८२
- 0
तपाई लाग्छ दशैँको कुनै रङ हुन्छ ?
दशैँको बेला महसुश गरिने आकासको रङ, प्रकृतिको रङ, मनको रङ, अनुभवको रङ जसरी अर्थ लगाए पनि सकिन्छ । आ–आफ्नो अनुभवको आधारमा पाठकले गर्नुहोला । तपाईकै जिम्मा लगाएँ ।
माथिका विभिन्न रङहरु वा त्यो भन्दा बढी जो तपाईले खोज्नुहुन्छ सबै रङ् सबैका लागि हुन्छ ? सबै सबैका लागि उस्तै हुन्छ ?
त्यसो भए दशैँको जुन सामाजिक, सांस्कृति महत्व छ त्यसले सबैलाई छोएर जान्छ ? महत्वपूर्ण प्रश्न हो यो ।
दशैँको रङ सबैका लागि समान अनुभव र महत्व रहँदैन यसमा विवाद नहुनसक्छ तर फरक के के हुन्छ । भोगाइ र अनुभवले निर्धारण गर्न सक्छ ।
एउटा सम्पन्न मानिसका लागि, एउटा बिपन्न मानिसका लागि, एउटा सम्पन्न बालकका लागि एउटा बिपन्न बालकका लागि, आफन्त गुमाएर शोकमा बसेको व्यक्तिका लागि, बाध्यताले परिवार र आफन्तबाट टाढा रहेको मानिसका लागि फरक अनुभव र फरक भोगाइले उत्पन्न गर्ने मनको तस्वीरलाई नै रङ भनेको हुँ ।
तपाई पनि यसलाई रङ भन्नुहुन्छ भने तपाईको आफ्नो उमेर अनुसारका भोगाइले धेरै ओटा रङ निर्माण गरेको हुनसक्छ ।
जब दशैँ तपाईका लागि सुखद इन्द्रेणी बन्छ तब मात्र त्यसको महत्वको बोध हुन्छ । नत्र महत्वहिन तर दुखिरहने घाउ मात्र हुनसक्छ ।
पत्रिकाको सम्पादक वा रिपोर्टर दशैँको महत्व लेख्छ, दशैँका समाचार संकलन गर्छ । तर न उसको साथमा परिवार छ न समयमा खान पाउँछ । उसले पत्रिकामा लेखेको रङ र उसले भोगेको रङमा मेल खाँदैन ।
एउटा रेडियो टिभीकर्मी मिहिनेत गरेर दशैँका कार्यक्रम बनाउँछ, प्रसारण गर्छ, स्रोता र दर्शकसँग फोनमा प्रतिक्रिया लिन्छ तर उ एक्लो र बेफुर्सदी छ दशैँ मनाउन । उसको आँखामा देखिने दशैँको रङ फरक हुनसक्छ ।
शहरको चोकमा डिउटी बसिरहेको पुलिसले मानिसहरूको रमितामा दिनभर नियालेको दशैँमा देखिने विभिन्न रङहरूले उसलाई रङ्गिन बनाउन सक्दैन । फुङ्ग रङ उँडेको वस्तु मात्रै हुनसक्छ उसको दशैँको रङ ।
हजारौँको लुगा कपडा, उस्तै खेलौँना, बुवाको चिल्लो कारमा चढेर पसलमा देखेजति चिजवस्तु किनाउँदै उपभोग गर्दैँ रमाएको बालकको दशैँको रङ जति गाढा र उज्यालो अरुको नहुन सक्छ ।
यो मागे पनि पैसा छैन, त्यो मागे पनि पैसा छैन । पहाडको बाटो छ सवारी साधन छैन । सवारी साधन भए पनि भाडा तिर्ने पैसो छैन । बावु मुग्लानमा छन् आमासँग मावल जाँदैछ । घण्टौँ हिँडेर थकित भएको छ रुँदै घस्रँदैछ । उसको दशैँको रङ के रङ ।
यो मागे पनि पैसा छैन, त्यो मागे पनि पैसा छैन । पहाडको बाटो छ सवारी साधन छैन । सवारी साधन भए पनि भाडा तिर्ने पैसो छैन । बावु मुग्लानमा छन् आमासँग मावल जाँदैछ । घण्टौँ हिँडेर थकित भएको छ रुँदै घस्रँदैछ । उसको दशैँको रङ के रङ ।
अनि कुनै बालकको सपना ११ महिना खासै चामलको भात खान पाइएन । मकै कोदोमै सिमिति रह्यो सपना । धेर नकरा है दशैँमा अघाउँजी चामलको भात खालास् भनेर आमाले गाली गरेकी वा सम्झाएको एउटा बालक जब दशैँ नजिक आउँछ आँखामा गुलाबी रङ देखिन थाल्छ ।
उसका बा वा हजुरमा थोत्रेमा अलेली कमाई अलेली सापटी रकम बोकेर २ दिनको बाटो चामल किन्न सदरमुकाम चढ्छन् । तर चामल सकिएको हुन्छ र रित्तै फिर्छन् ती बालबालिकाको दशैँको रङ कस्तो रङको हुन्छ ।
अनि ती नानीहरुको आँसुको रङमा रङ्गिएका बाआमाहरुको रङचाहि कस्तो हुन्छ होला ।
तपाई आफैँ आफ्नो जीवनका विभिन्न उमेर र अवस्थाको रङहरुलाई याद गर्नुस् त । रङहरुको विविधता देखिन्छ दशैँको अनुभवमा ?
तपाई बालक हुँदाको रङ उज्यालो कि अँध्यारो । अभावको कि पूर्णताको ।
युवा भएपछिको रङ् ? परिवारसँग, एक्लोपनमा वा दौँतरीहरुसँग ?
तपाई आमाबासँग घुर्की लगाउनुहुन्थ्यो यो चाहियो त्यो चाहियो यो पुगेन त्यो पुगेन भनेर । अथवा बाहिर अभिव्यक्त गर्नु भएन मनमा असन्तुष्टी चाहिँ हुन्थ्यो ।
जब तपाई कमाई गर्न थाल्नुभयो तपाईका बाआमाले अब त कमाउन थालिस् मलाई यो दे त्यो ल्याइदे भनेर माग्नुभयो तपाइले मागे जसरी ? की आफैँ जानेर ल्याइदिनुभयो । माग्दा के
को पैसाले ल्याइदिनु भनेर रिसाउनुभयो वा नमागी ल्याइदिनुभयो ? वा ल्याइदिन नसकेर पीडा बोध भयो ?
के छ तपाईको अनुभव, कतिओटा रङ्हरू निर्माण भए फरक उमेर र फरक अवस्थाका दशैँहरुमा ।
आज तपाई बुवा वा आमा बन्नुभएको छ । कस्तो बन्दैछ तपाईको दशैँको रङहरू ।
हिजोका आफ्ना बाआमाको रङसँग मिल्दो छ तपाईको दशैँको रङ ?
हिजोको तपाईको बाल्यकालको रङसँग मिल्छ आज तपाईका छोराछोरीको दशैँको रङ ?
हिजो बाल्य कालको रङ पो सुन्दर रहेछ आजभन्दा कतै यस्तो रङ त बनेको छैन मनमा ?
आफ्ना सन्तानलाई उज्याला रङका दशैँहरु दिन सक्नुभएको छ ? सजिलो छ कि भारी परेको छ ।
हिजो आफूले पाएको भन्दा गाढा रङको दशैँ दिन सक्नुभएको छ बाआमालाई ?
उसबेला बाआमासँग रिसाएको मन आज खुशी छ होला हैन ?
आजका आँखाले, आजको संगतले, आजको उमेरले आजको समयले, आजको महङ्गीले आजको बिकृतिले हिजोको रङ खोज्ने आँखाहरुको साथ त खोजिरहनुभको छैन ।
हिजोको अभावको मिठो झोल । हिजोको अभावको बिचमा परिवारसँगको सुन्दर दशैँ । आजको सुविधासँग परिवारको अभाव ।
आजका आँखाले, आजको संगतले, आजको उमेरले आजको समयले, आजको महङ्गीले आजको बिकृतिले हिजोको रङ खोज्ने आँखाहरुको साथ त खोजिरहनुभको छैन ।
हिजोको अभावको मिठो झोल । हिजोको अभावको बिचमा परिवारसँगको सुन्दर दशैँ । आजको सुविधासँग परिवारको अभाव ।
हिजोका साथीभाइसँग गाउँको सुन्दर रङहरू, खेतका गह्रामा, सडकको माझमा, जङ्गलको चौरमा मच्चिएको लिङ्गे पिङमाथिबाट देखिने टाढाटाढाको गाढा रङ खोजिरहेका त छैनन् आँखाहरू ?
कतिले बाआमा गुमाएर आफैँ परिवारको मूल खम्बा बनेर धानेको दशैँको रङले के सोच बनायो कि सोच्ने फुर्सद नै छैन ?
रङरङको उमेर, रङरङको समय, रङरङको अवस्था र रङरङको दशैँ र आजको दिन र २०८२ को दशैँ कतै मेल खान्छ ?
कुन समयको, कुन उमेरको, कुन अवस्थाको दशैँ खास दशैँ थियो । यादमा बाहेक खोजेर पनि कतै पाइन्छ ?
पाइन्छ भने भनिदिनुस्, लेखी दिनुस् न पढौँ ।
सबैसबै मानिस स्वयंले निर्धारण वा निर्माण गर्नसक्छ । केबल कहिलेदेखि जीवनको रङ रूँगेर बस्ने त्यसैले मौलिक, मितव्ययी, खानपानमा स्वस्थ्यकर, जुवातासरहित दशैँको रङ अझ सुन्दर र गाढा हुनसक्छ ।
नत्र तपाई नलेखिने रङ बनेरै अस्ताउनुहुनेछ जसरी उदाउनुभएको थियो ।
जीवनका रङ आफैँ बन्ने हुन की बनाइने हुन् । फूलबारीमा ढकमक्क रङ्गीबिरङ्गी फूलहरू फूल्छन् । भमरा, पुतलीहरू आउँछन् । मानिस त्यो दृष्यमा रमाउँछ । हो मानिसको जीवन पनि त्यस्तै पो होकी ?
जीवनको रङ छान्ने काम मानिसकै हो । जीवनको फूल कस्तो रङको छान्ने, कस्तो वासना फैलाउने कस्ता मानिसलाई आकर्षण गराउने । कस्तो संगत गर्ने । कहाँ फूलिदिने ।
सबैसबै मानिस स्वयंले निर्धारण वा निर्माण गर्नसक्छ । केबल कहिलेदेखि जीवनको रङ रूँगेर बस्ने त्यसैले मौलिक, मितव्ययी, खानपानमा स्वस्थ्यकर, जुवातासरहित दशैँको रङ अझ सुन्दर र गाढा हुनसक्छ ।










