ग्लोबल युथ नेटवर्कका अध्यक्ष मदनराज पौडेलको एनआरएनए आइसीसी युवा उपाध्यक्षमा उम्मेदवारी
- रोजगारमञ्च
- फाल्गुन २८, २०८२
- 0
ग्लोबल नेपाल युथ नेटवर्कका अध्यक्ष मदनराज पौडेलले एनआरएनएको आगामी महाधिवेशनमा आइसीसी युवा उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
सन् २०१५ मा अष्ट्रेलिया गएका मदन राज पौडेल विभिन्न नेपाली संघ–संस्थामा आवद्ध भई सक्रिय रूपमा काम गर्दै आएका छन्। प्रवासी नेपाली समुदायको हक–हित, एकता र युवाको नेतृत्व विकासमा निरन्तर योगदान पुर्याउँदै आएका छन्
उनी युवामाझ लोकप्रिय, संगठन निर्माणमा अनुभवी तथा समन्वयकारी नेतृत्वको छवि बनाएका व्यक्रित्व हुन् । पौडेलले अब एनआरएनए आइसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै उनको पक्षमा माहोल तयार भएको छ ।
उनको उम्मेदवारीले एनआरएन भित्र युवाको सशक्त सहभागिता, पारदर्शी नेतृत्व र एकीकृत संस्थागत संरचना निर्माणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। अष्ट्रेलियामा रहेका नेपाली युवाहरू मात्र नभई विश्वभरका प्रवासी नेपाली युवाबीच पनि उनको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ।
पौडेलले एनआरएनएलाई व्यक्तिगत वा गुटगत स्वार्थभन्दा माथि उठाएर सबै प्रवासी नेपालीको साझा संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सन् २०१५ मा अष्ट्रेलिया गएका मदन राज पौडेल विभिन्न नेपाली संघ–संस्थामा आबद्ध भई सक्रिय रूपमा काम गर्दै आएका छन्। प्रवासी नेपाली समुदायको हक–हित, एकता र युवाको नेतृत्व विकासमा निरन्तर योगदान पुर्याउँदै आएका छन् ।













