एनआरएनए इटालीमा उप्रेतीको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन
- कार्तिक २६, २०८२
- 0
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्यवय परिषद् इटालीको नवौं अधिबेशन इटालीको मिलान शहरमा सम्पन्न भएको छ । नेपाली वाणिज्य दूतावास रोमको तर्फबाट वाणिज्य दुत पाओलो नुगारी प्रमुख अथिति साथै एनआरएनए युरोप संयोजक प्रेम गुरुङ तथा एनआरएनए इटलीका संस्थापक अध्यक्ष डा. भिम बहादुर बम विशेष अतिथिको रुपमा रहेको उक्त कार्यकर्मको सभापत्तित्व संघका २०२३–२०२५ का अध्यक्ष भवेश कुमार सिंहले गरेका थिए ।
विजय रानाले संचालन गरेको उक्त कार्यक्रममा कोषाध्यक्ष दिर्घा थापाले स्वागत मन्तब्य र आय–व्यय तथा संघका महासचिव अशोक उप्रेतीले २०२३–२०२५ कार्यसमितिका गतिबिधिहरु माथि प्रकाश पारेका थिए । यसैगरि संघका उपाध्यक्ष देवानन्द बराल, नेपाल मितेरी मंच मिलानो का अध्यक्ष रोजन राना, आइसीसी सदस्य छबिलाल कंडेलले अधिबेशन सफलतको शुभकामना दिदै एनआरएनए इटाली २०२३–२०२५ कार्यकालले गरेका कामहरुलाई धन्यबाद दिए ।
कार्यक्रममा संघका वरिष्ठ सल्लाहकार रिचर्ड भण्डारी ज्युले २०२३–२०२५ कार्यकाल पूर्ण रुपमा सफल रहेको जानकारी गराउदै आउदा दिनमा पनि नया बन्ने कार्यसमितिले पनि सहमति र सहकार्य गर्दै सबैलाइ समेटर आगाडी बढ्ने विश्वास व्यक्त गरे । इटालीको लागि वाणिज्य दुत पाओलो नुगारीले इटालीबासि नेपालीहरुको हकहितको लागि वाणिज्य दूतावास एनआरएनए इटालीसंग हातेमालो गर्दै अगाडी बढ्ने जानकारी गराउदै अधिबेशन सफलताको कामना गर्दै नया कार्यसमितिलाई सफल कार्यकालको लागि शुभकामना दिए ।
एनआरएनएका युरोप संयोजक प्रेम गुरुङले गैरआवासीय नेपाली संघमा भईरहेको गतिबिधि तथा वर्तमान अवस्था बारे जानकारी गराउदै इटालीसंग हातेमालो गर्दै अगाडी बढ्ने तथा नवौं अधिबेशन सफलताको कामना गर्दै नया कार्यसमितिलाई सफल कार्यकालको लागि शुभकामना दिए । त्यसैगरि एनआरएनए इटालीका संस्थापक अध्यक्ष डा. भिम बहादुर बमले आफ्नो धारणा व्यक्त गर्दै अधिबेशन सफलताको कामना गर्दै नया कार्यसमितिलाई सफल कार्यकालको लागि शुभकामना दिए ।
एनआरएनए इटाली २०२३–२०२५ को तर्फबाट अध्यक्ष भवेश कुमार सिंहले कार्यकालको कामकारबाहीको बारेमा प्रकाश पार्दै कार्यकाल सफल पार्न सहयोग गर्ने नेपाली वाणिज्य दूतावास रोमका वाणिज्यदुत पाओलो नुगारी, नेपाली राजदुताबास स्विजरल्याण्ड, वरिष्ठ सल्लाहकार रिचर्ड भण्डारी, संघका पुर्बअध्यक्ष देवराज गुरुङ, पुर्बअध्यक्ष तथा आइसीसी सदस्य दिपेश कुमार रेग्मी, आइसीसी सदस्य छबिलाल कंडेल, इटालीस्थित स्थानीय नेपाली समुदायका समाजसेवी लगायत सम्पूर्ण इटालीबासिहरुलाई हार्दिक धन्यबाद दिएका थिए ।
नवौं अधिबेशन सफलताको लागि नेपाली राजदूतावास स्वीटजरल्याण्डका राजदुत राम प्रसाद सुबेदीबाट शुभकामना संदेशहरु प्राप्त भएको थियो ।
यसैगरि गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इटालीको नवौं अधिबेशनको लागि निर्बाचन संयोजक नारायण डिसीले सर्बसहमतिबाट निर्बिरोध रुपमा २०२५–२०२७ को लागि अशोक उप्रेतीको अध्यक्षतामा नयाकार्यसमिति निर्बाचित भएको र आइसीसी सदस्यमा भवेश कुमार सिंह निर्बिरोध रुपमा निर्बाचित भएको जानकारी गराएका थिए ।
त्यसैगरी उपाध्यक्षमा निर्जम पुर्जा, महासचिवमा उमेश गुरुङ, सचिवमा रबिन्द्र अर्याल, कोषाध्यक्षमा दिर्घा थापा, सह–कोषाध्यक्षमा बिना मंग्राती, महिला संयोजकमा लक्ष्मी उप्रेती, युवा संयोजकमा विजय राना, सदस्यमा गैरे सिंह डोबाल, उर्मिला कार्की न्यौपाने, सिरज कार्की निर्बिरोध रुपमा निर्बाचित भएका छन ।













