आज एनआरएनएमा ऐतिहासिक एकताको घोषणा

सञ्चार मन्त्री खरेलको विशेष पहल तथा प्रधानमन्त्रीको उपस्थितीमा एकता घोषणा हुदै
news-details

विश्वभर छरिएर रहेका नेपालीहरुको छाता संगठनको रुपमा सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को पछिल्लो ४ वर्षदेखि कायम विवादै विवाद तथा फुटको अवस्था आजबाट समाप्त भएको छ ।

विभिन्न आरोह–अवरोह, मुद्धा–मामिला र बेमेलमा रुमल्लिएको संघ आजबाट ऐतिहासिक मोडतर्फ उन्मुख हुने भएको हो । उच्चस्तरीय समितिमार्फत एनआरएनएको अध्यक्ष चुनिएका महेश कुमार श्रेष्ठ र ११ औ अधिवेशनबाट निर्वाचित अध्यक्ष डा. बद्री केसीबीच एकता घोषणा हुने भएसँगै संघ ऐतिहासिक मोडतर्फ उन्मुख हुने भएको हो ।

आज प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा प्रधानमन्त्री शुशिला कार्कीको उपस्थितमा श्रेष्ठ र केसीले एकता भएको घोषणा गर्दै छन ।

पछिल्लो केहीवर्ष यता एकताका लागि विभिन्न प्रयास भएपनि त्यसले सार्थकता पाउन सकेको थिएन । तथापी वर्तमान सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलको निरन्तर प्रयासका कारण अन्ततः एनआरएनएमा भएको विवाद अन्त्य हुने भएको हो ।

आज हुने एकता घोषणा पछि ११ औं महाधिवेशनबाट निर्वाचित डा.बद्री केसीको नेतृत्वलाई स्वीकार गर्दै एकताको महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठलाई पनि अपरान्ह संघको सचिवालयमा औपचारिक रूपमा संघको नेतृत्वमा पदस्थ गराइने भएको छ ।

तथापी ऐतिहासिक एकता घोषणा भैरहदा आगामी दिनमा पुनः संस्थालाई फुटबाट जोगाउन र पछिल्लो ४ वर्षदेखिको विवाद मनैबाट हटाउदै एनआरएनएको शाख पुरानै अवस्थामा फर्काउन भने धेरै चुनौती बाकी नै रहेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया