एनआरएनएमा कागजी होइन्, भावनात्मक एकता आवश्यक छ : कुल आचार्य
- अशोज २५, २०८२
- 0
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष कुल आचार्यले एनआरएनएबीचको एकता भावनात्मक हुनुपर्ने बताएका छन् ।
एनआरएनए डेका अवसरमा शनिबार शुभकामना सन्देश दिंदै उनले भनेका छन्,‘देशको विषम परिस्थितिमा हामी एक हुनुको विकल्प छैन। तर एकता भावनात्मक हुनुपर्छ, कागजी एकताले समस्या समाधान हुँदैन। सबै पक्षले इमान्दारीपूर्वक लागेमा मात्रै दिगो एकता सम्भव हुन्छ। आजको दिनले हामी सबैलाई आ–आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर संस्था र सम्पूर्ण एनआरएनहरुको हितमा काम गर्न प्रेरित गरोस्।’
गैरआवासीय नेपाली नागरिकताको मुद्दा स्थापित गराएका आचार्यले स्वदेशको सम्पत्ति विदेश लैजान नहुने अभियान चलाइरहेका छन् । यसअघि उनले ‘पसिना फन्ड’ स्थापना गरेर विश्वभरका नेपालीहरुलाई जोड्ने बताएका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










