एनआरएनए जापानको अध्यक्षमा सुभाष लामिछाने निर्वाचित

news-details

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसीसी) जापानको अध्यक्षमा सुभास लामिछाने निर्वाचित भएका छन् । निर्वाचन परिणामअनुसार लामिछानेले ७१५२ मत प्राप्त गरेर विजय हासिल गरे । उनका प्रतिस्पर्धी सिद्धार्थ श्रेष्ठले ५१९३ मत पाएका थिए।

यस्तै वरिष्ठ उपाध्यक्षमा टिकाराम खरेल, उपाध्यक्षमा मुक्तिराम खनाल (बिनोद), दिलिप कँडेल र दिपक सुनार निर्वाचित भएका छन्। क्षेत्रीय उपाध्यक्ष पदमा विष्णु प्रसाद सुवेदी (विश्व) विजयी भएका छन्।

महासचिवमा श्याम कुमार श्रेष्ठ, सचिव (खुला तर्फ) नेत्र पाण्डे र दिल्लि प्रसाद सापकोटा, क्षेत्रीय सचिवमा सागर कार्की, कोषाध्यक्षमा मुक्तिराज रेग्मी विजयी भएका छन्। क्षेत्रीय सह–कोषाध्यक्षमा सन्दिप जिसी र खुला सह–कोषाध्यक्षमा राम कँडेल निर्वाचित भएका छन्।

त्यसैगरी, युवा संयोजक पदमा दिपक बुर्जा मगर विजयी भएका छन्। निर्वाचन समितिका अनुसार कुल मतदातामध्ये उच्च संख्यामा सहभागिता रहेको यो निर्वाचनमा प्रतिस्पर्धा व्यवस्थित रूपमा सम्पन्न भएको थियो।

नवनिर्वाचित अध्यक्ष सुभाष लामिछानेले संस्थालाई थप सक्रिय, पारदर्शी र उत्तरदायी बनाउँदै प्रवासी नेपालीहरूको हक–हितको संरक्षणमा कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया