एनआरएनए मलेसियामा महत्तोको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन

news-details

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसीसी) मलेसियामा राकेश प्रसाद महत्तोको अध्यक्षतामा सर्वसम्मतले कार्यसमिति चयन भएको छ ।

एनआरएनए मलेसियाको अधिवेशनले अघिल्लो कार्यकालमा अध्यक्ष रहेका महतोलाई पुनः आगामी कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो । यस्तै उपाध्यक्षमा राजु तामाङ, नारायण अधिकारी, बिनोद पाण्डे र अनिल कुमार चौधरी, महिला उपाध्यक्षमा लिला मगर, युवा उपाध्यक्षमा सन्तोस पौडेल, महासचिवमा विशु प्रसाद बराल, सचिवमा उमेश कोइरी महतो र रमेश पौडेल, कोषाध्यक्षमा खेमराज खत्री र सहकोषाध्यक्षमा सुरेश कुमार देवकोटा चयन गरेको छ ।

युवा संयोजकमा राजन हायु राई र महिला संयोजकमा शोभा कुमारी खड्का चयन हुदा कार्यसमिति सदस्यहरुमा हरि बहादुर बस्नेत, कैलाश विष्ट, रुपेश बि.क, बाबुराम थापा मगर, टिपेन्द्र बुडा मगर, इन्द्र प्रकाश भण्डारी, छेवाङ लामा, चित्र बहादुर थापा, दिपक प्रसाद यादव चयन भएका छन ।

गैरआवासीय नेपाली संघ, एसिया प्यासिफिक क्षेत्रीय संयोजक हरि प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा एकता महाधिवेशन भब्यरुपमा सम्पन्न भएपनि केही सदस्यहरु सहभागी नभएकोमा उनीहरुलाई पनि संघमा समाहित गर्नुपर्नेमा जोड दिइएको थियो ।

अधिवेशनमा बोल्दै प्रमुख अतिथिसमेत रहेका भट्टराईले संघको विधान अनुसार अधिवेशन सम्पन्न भएको र सहभागी नभएका एनआरएनहरुलाई नवनिर्वाचित कार्यसमितिले एकवद्ध बनाउदै लैजानेमा आफुहरु आशावादी भएको बताए । यस्तै एनआरएनए मलेसियाका संस्थापक अध्यक्ष शंकर बहादुर पौडेलले मलेसियामा रहेका एनआरएनहरु एक हुनुपर्नेमा जोड दिदै यसले संसारभर राम्रो सन्देश दिने बताए ।

नवनिर्वाचित अध्यक्ष महत्तोले पनि संक्षिप्त प्रतिक्रिया दिदै मलेसियामा रहेका सबै एनआरएनहरुलाई एकतावद्ध बनाएर एउटै मालामा गास्न आफु भरपुर प्रयत्नरत रहने बताए ।

नवनिर्वाचित कार्यसमितिलाई एसिया प्यासिफिक क्षेत्रीय संयोजक भट्टराईले खादामालासहित बधाई ज्ञापन गरेका थिए ।

यस्तै कार्यक्रममा नेपालबाट आमन्त्रण गरिएका गायक राजनरााज शिवाकोटी तथा स्थानीय कलाकारहरुले भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया