अनु राईको नेतृत्वमा एनआरएनए हङकङको नयाँ कार्यसमिति निर्वाचित

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको १०औँ अधिवेशनबाट अनु राई अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन्। राईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको एनआरएनए हङकङकी सचिव राधिका (टीका) गुरूङले जानकारी दिइन्।

नवनिर्वाचित अध्यक्ष राई यसअघि दुई कार्यकाल महिला संयोजक र दुई कार्यकाल उपाध्यक्षको भूमिका निभाइसकेकी छन्।

नयाँ कार्यसमितिमा उपाध्यक्षमा सन्तोष कुमार गुरूङ र कविता गुरूङ, महासचिवमा इन्द्र पुन, सचिवमा विश्वनाथ घिसिङ, कोषाध्यक्षमा अर्जुन गौचन रहेका छन्। महिला संयोजक सत्यवती गहतराज र युवा संयोजकमा मनोज गौतम चयन भएका छन्।

आइसिसी सदस्यमा दिल्लीराज विश्वकर्मा र सदस्यमा डुबहादुर गुरूङ निर्वाचित भएका छन्। बाँकी पदहरुमा निर्वाचित समितिले चाँडै पदपूर्ति गर्ने बताइएको छ।

महावाणिज्यदूत बिन्देश्वर प्रसाद लेखकको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सुपरीवेक्षक एनआरएनए सचिव गुरूङ रहेकी थिइन्। उनले सहमतिमार्फत नेतृत्व चयन गरिनु सकारात्मक संकेत भएको बताउँदै नयाँ समिति सबैलाई समेटेर अघि बढ्ने विश्वास व्यक्त गरिन्।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया