एनआरएनए यूकेको अध्यक्ष पदमा एनआरएनए अभियन्ता पुडासैनीको उम्मेदवारीसँगै बढ्यो महोल

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी कार्यकाल (२०२५–२०२७( का लागि एनआरएनए अभियन्ता राजेन्द्र पुडासैनीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै विश्वभर चर्चा चलेको छ ।

एनआरएनए स्थापना र विकासमा अग्रणी भूमिका खेलेको बेलायतमा साथीभाइ तथा अग्रजहरूको सुझाव र सल्लाहअनुसार आफूले उम्मेदवारी दिने निर्णय गरेको पुडासैनीको भनाई छ ।

एनआरएनए अभियानमा पुराना र अनुभवी पुडासैनीको उम्मेदवारीले यूकेमा रहेका नेपालीहरुले खुशी व्यक्त गरेका छन् । उनीहरुले सही नेतृत्व अव पाउनेमा खुशी व्यक्त गरेका हुन् ।

पुडासैनीले नेपाली नागरिकताको निरन्तरता, नेपालस्थित सम्पत्तिको सुरक्षा, भूतपूर्व ब्रिटिश गोर्खाहरुको समानताका लागि ऐक्यबद्धता, एनआरएनएमा नयाँ पुस्ताको सहभागिता, नेपाली कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन, साथै नेपाली विद्यार्थी र कामदारहरूको अधिकार र सुरक्षालाई आफ्नो प्रमुख एजेन्डा बनाउने स्पष्ट पारेका छन्।

“एकताबद्ध एनआरएनए अभियानमार्फत यी सबै विषयमा सफलता हासिल गर्न सकिन्छ,” पुडासैनीले बताए। उनले एनआरएनए यूकेलाई नमुना संस्था बनाउने स्पष्ट ‘रोडम्याप’ पनि तयार रहेको उल्लेख गरे।

अन्याय र अत्याचारविरुद्ध लड्न सधैँ तत्पर रहेको र अप्ठ्यारोमा परेकालाई सहयोग गर्नु आफ्नो जीवनशैली रहेको बताउँदै, समाजसेवामा समर्पित रहने अठोट उनले दोहोर्‍याए।

अध्यक्ष पदमा निर्वाचित भएपछि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसिसी) तथा अन्य राष्ट्रिय समन्वय परिषद्हरू (एनसीसी) सँग सहकार्य गर्दै संगठनलाई अझ मजबुत बनाउने प्रयास गर्ने प्रतिवद्धता समेत पुडासैनीले व्यक्त गरे।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया