एनआरएनए एनएसडब्लुको डिपुटी यूथ कोअर्डिनेटरमा घिमिरेको चर्चा
- रोजगारमञ्च
- असार २४, २०८२
- 0
गैरआवासीय नेपाली संघ अष्ट्रेलिया अन्तर्गत न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यको डिपुटी यूथ कोअर्डिनेटर पदमा अनिल घिमिरेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
बाथस्र्टमा बस्दै आएका अनिल ‘टिम रोशन भट्टराई’ बाट सो पदका लागि प्रतिस्पर्धामा उत्रिएपछि उनको चर्चा चुलिएको छ । समुदायमा विशेषतः युवाहरूमाझ लोकप्रिय रहेका घिमिरे सन् २०१८ देखि सामाजिक सेवा र सामुदायिक नेतृत्वमा सक्रिय छन् ।
सुनसरी इटहरीका घिमिरे विद्यार्थीका रुपमा अष्ट्रेलिया पुगेर आफ्नो जीवन यात्रालाई अगाडि बढाउँदै नेपाली समाजका लागि काम गर्दै आएका छन् ।
उनी बाथस्र्ट नेप्लिज कम्युनिटीका संस्थापक सदस्य तथा बी–ब्रदर्स फुटबल क्लबका उपाध्यक्ष समेत रहेका छन् । खेलकुद र युवाहरुकोमार्फत समुदायको एकता अभिवृद्धि गर्न उनले पु¥याउँदै आएको योगदानको कदरस्वरुप डिपुटी यूथ कोअर्डिनेटर पद सबैले दिएका हुन् ।
सन् २०२१ देखि २०२३ सम्म घिमिरेले एनआरएनए एनएसडब्लु युवा सदस्य भएर काम गरिसकेका छन् । यस अवधिमा उनले युवाहरूको सीप विकास, नेतृत्व, स्वयंसेवा र सामाजिक उत्तरदायित्वमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरेर सकारात्मक प्रभाव पारिसकेका छन् ।
उनको उम्मेदवारीले एनएसडब्लुभरिका नेपाली युवामाझ नयाँ ऊर्जा, आत्मविश्वास र सहभागिताको भाव सिर्जना गरेको देखिन्छ । उम्मेदवारी घोषणासँगै घिमिरेले भने, “म समुदायका युवाहरूलाई सशक्त, जिम्मेवार र सक्रिय बनाउन प्रतिबद्ध छु।”














