अन्तर्राष्ट्रिय म्याराथनको लागि गैरआवासीय नेपाली संघको सहयोग
- माघ ३०, २०८१
- 0
गैरआवासीय नेपाली संघले अन्तर्राष्ट्रिय म्याराथन आयोजनाका लागि ७ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।
नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजनामा हुन गैरहेको अन्तर्राष्ट्रिय म्याराथनको लागि संघका सचिव राधिका गुरूङ (टिका), आइसीसी सदस्य डिलरास गुरूड र सल्लाहकार सूर्य गुरूङले पोखरा महानगरपालिका नगरप्रमुख धनराज आर्चाय र नेपाल भूतपूर्व खेलाडी मन्चका अध्यक्ष डिल काजी गुरूङलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन ।
सहयोग रकम हस्तान्तरण गर्दै संघका सचिव गुरूङले सबैको साझा उद्देश्य नेपाली खेलकुदको क्षेत्रमा योगदान पुर्याउनु रहेको र यस्ता प्रतियोगिताहरुलाई सफल बनाउन सहयोग गर्न पाएकोमा खुसी लागेको बताइन ।
नेपाल भूतपूर्व खेलाडी मन्चले आगामी ०३ फागुन २०८१ (१५ फरवरी २०२५) मा पोखरा अन्तर्राष्ट्रिय म्याराथन आयोजना गर्ने भएको छ । उक्त प्रतियोगिताले पोखरा र नेपालको खेलकुदको प्रतिष्ठा विश्वभर फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










