एनआरएनएको विश्व सम्मेलन आजबाट सुरु
- अशोज ३०, २०८०
- 0
गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।
मंगलबार बिहान काठमाडौंको सोल्टी होटलमा हुने कार्यक्रमको राष्ट्रपति रामचन्द्र पौडेलले ९ बजेपछि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनमा वतर्मान कार्यसमितिका अध्यक्षद्वय बद्री केसी र रविना थापासहित उपाध्यक्ष आरके शर्मा, महेश श्रेष्ठ र उपमहासचिव विनय अधिकारीले अध्यक्षमा गरी पाँच जनाले दाबी गरेका छन् ।
आजदेखि हुने सम्मेलन कत्तिक ३ गतेसम्म चल्ने छ ।
नयाँ नेतृत्व चयनको लागि कात्तिक २ गते २४ घण्टा अनलाइनबाट मतदान हुने निर्वाचन कार्यतालिका रहेको छ । एनआरएनएले यो पहिलोपटक अनलाइन माध्यमबाट मतदान गर्ने व्यवस्था गरेको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










