एनआरएनए नेदरल्याण्ड्समा निर्विरोध कार्यसमिति चयन, अध्यक्षमा कँडेल
- साउन ९, २०८०
- 0
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसीसी) नेदरल्याण्ड्सले थानेश्वर कँडेलको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरेको छ ।
संघको निर्वाचन समितिले दिएको जानकारी अनुसार आइसीसी सदस्यमा मिम पुर्जा, अध्यक्षमा थानेश्वर कँडेल, वरिष्ठ उपाध्यक्षमा भिम बहादुर रोका, उपाध्यक्षहरूमा सीता सापकोटा, संघर्षशिल केसी, सिता कुमारी थापा क्षेत्री, पेमा लामा, अर्चना पाण्डे र रामचन्द्र पोख्रेल, महिला उपाध्यक्षमा अम्बिका गिरी, युवा उपाध्यक्षमा दिनेश अर्याल, महासचिवमा सावित्री पौडेल, सचिवमा सन्दीप विश्वकर्मा, कोषाध्यक्षमा कमल प्रसाद विश्वकर्मा, सह कोषाध्यक्षमा सुमन राज काफ्ले, महिला संयोजकमा सरोज ढकाल (गिरी) र युवा संयोजकमा अनिल कार्की निर्विरोध निर्वाचित भएका छन ।
यस्तै सदस्यहरुमा धन बहादुर बोहरा, डम्बर कुमार कोइराला, राम बहादुर पौडेल, नर बहादुर कार्की (गणेश), कैलाश गिरी, प्रेम बहादुर पुन, गगन जंग बहादुर सिंह, सुबास सिंह बस्न्यात, भिम भक्त राई निर्विरोध भएका छन ।













