उपप्रधान तथा रक्षामन्त्री खड्का र एनआरएनए अध्यक्ष डा बद्री केसीबीच भेटवार्ता
- चैत्र ३०, २०७९
- 0
गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसी सहितको प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासंग भेटघाट गरेको छ ।
कार्यकारी अध्यक्ष डा बद्री केसीले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघको स्थापना कालदेखि संघले नागरिकता तथा लगानीको मुद्धालाई महत्व दिएको र सो कार्यको पूर्णताका लागि सहजीकरण गर्न आग्रह गरे।
संघका अध्यक्ष कुल आचार्यले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघले सामाजिक सुरक्षा, डलर खाता तथा संघको गतिविधि बारे जानकारी दिए । यस्तै संघका संस्थापक अन्तर्राष्ट्रिय संयोजक भिम उदासले संघको सुरुको अभियान बारे जानकारी दिए ।
खड्काले गैरआवासीय नेपाली संघले स्थापना काल देखि नै नेपालको समृद्धिको सपना लिएकोमा धन्यवाद व्यक्त गर्दै नागरिकताको मुद्दा अब आउने वर्षे अधिवेशनबाट टुंगिने विश्वास व्यक्त व्यक्त गरे ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










