एनआरएनएमा सबैका साझा : एसी शेर्पा
एनआरएनएमा पद्धति र पारदर्शिता ल्याउन उपाध्यक्षमा शेर्पा
- रोजगारमञ्च
- भदौ २९, २०७८
- 0
विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघका सल्लाहकार अमेरिकाका आङछिरी शेर्पा (एसी शेर्पा) सबैका साझा र रुचाइएका उम्मेदवार बनेका छन् ।
एनआरएनबृतमा सबैभन्दा लोकप्रिय रहेका शेर्पाले एनआरएनएको १० औं महाधिबेशनमा आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपछि उनको चर्चा चुलिएको हो ।
एनआरएनए अभियानमा तन,मन र धनले एथेष्ट सहयोग गरिरहेका शेर्पा एनआरएनका पूर्वअध्यक्षहरु तथा अग्रजहरुले बिश्वास गरिएका व्यक्ति हुन् । अमेरिकाको वासिङटन राज्य सियाटल क्षेत्रका लागि नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत समेत रहेका शेर्पा एनआरएन अभियानका हृदयी र मनकारी व्यक्ति हुन् ।
‘एनआरएनए अभियानमा सबैभन्दा मिलनसार र दिल खोलेर सेवा गर्न रुचाउने एसी शेर्पालाई नेपाल सरकारले पनि पत्याएको व्यक्ति हो’ एनआरएनएका एकजना पूर्व अध्यक्षको भनाई छ ।
एनआरएनएमा ‘ह्याबी वेट’ का उम्मेदवारका रुपमा चिनिएका शेर्पा सबैका साझा उम्मेदवार हुन् । अध्यक्षमा उम्मेदवारी दिएकाहरुले शेर्पालाई आफ्नो पक्षमा पार्न जोडबल गरिरहेका भएता पनि शेर्पा एनआरएनएका सबैभन्दा साझा र लोकप्रिय उम्मेदवार हुन् ।
एनआरएनएले संचालन गरेका हरेक अभियानमा सबैभन्दा धेरै आर्थिक तथा भौतिक सहयोग गरेका शेर्पा नेपालमा नाकाबन्दी हुँदा होस् या महाभूकम्पमा यात तराई बाढिपहिरोमा आफै खटिएर सेवा गरेका छन् । गोरखामा बनेको भूकम्पपीडितको लाप्राक नमूना बस्ती, एनआरएनएको कार्यालय निमार्ण तथा अन्य बेलाबेलमा आइपर्ने सामाजिक कार्यमा अग्रस्थानमा रहेर शेर्पाले आर्थिक सहयोग गरिरहेका छन् ।
‘एनआरएनएको कार्यालयमा खाता पल्टाएर हेर्ने हो भने एसी शेर्पाले गरेको सहयोगको फेरिस्ता लामो देखिन्छ, उहाँको आर्थिक सहयोगको पाटो सबैभन्दा धेरैमध्येको छ’ एनआरएनए सचिवालय स्रोतको भनाई छ ।
संघप्रतिको आफ्नो निःस्वार्थ र निरन्तर सहभागितालाई मुल्यांकन गरि आगामी कार्यकालमा अझ संस्थामार्फत सेवा पुयाउनका लागि पूर्व अमेरिकाज क्षेत्रीय उपसंयोजक तथा आइसीसीका बर्तमान सल्लाहकार शेर्पाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
संघमा आइसीसी उपाध्यक्षमा रहेर ‘पद्धति र पारदर्शिताः समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता’ भन्ने प्रमुख एजेण्डा बोकेर शेर्पाले आफ्नो उमेद्वारी घोषणा गरेका हुन् । आफ्नो उम्मेदवारी प्रष्ट पार्दै शेर्पाले भने–‘मेरो उम्मेदवारी एनआरएनएमा पद्धति र पारदर्शिताको विकास गरी समावेशी एनआरएनए बनाउन र एनआरएनएभित्र फोहोरी राजनीतिको गन्धसमेत छिर्न नदिन यो पटक मैले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु ।’
एनआरएनएभित्र शेर्पा ‘अर्गानिक उम्मेदवार’ हु्न् । आफै सफल, सबल र सक्षम शेर्पा एनआरएनभित्र कुनै पक्ष वा राजनीतिक कसी लगाउन जरुरी छैन । सोलुखुम्बुका शेर्पा अमेरिकामा पर्यटन तथा ब्यबसाय गर्दै आएका छन् । अमेरिकामा मात्र नभएर क्यानाडा र नेपालमा ब्यबसाय गरिरहेका शेर्पा सफल व्यक्तिका रुपमा चिनिन्छन् ।
नेपालको सगरमाथा र विश्वका सात चर्चित हिमालहरु सेभेन समिट समेत सफलाता पूर्वक आरोहण गरेका शेर्पाले गैरआवासीय नेपाली संघको झण्डालाई सगरमाथाको चुचुरोमा फहराएर अर्को इतिहाँस बनाएका छन् । यसका साथै सेभेन समिट फाउण्डेशनका अध्यक्ष समेत रहेका शेर्पाले सोलुखुम्बु, सिन्धुपाल्चोक जिल्लामा थुप्रै सामाजिक बिकासका काममा योगदान गरिरहेका छन् ।
शेर्पा एनआरएनएको पदिय जिम्मेवारीमा २०१३–२०१५ कार्यकालमा अमेरिकाबाट आइसीसी सदस्य, २०१५–२०१७ मा अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजक हुँदै अहिले एनआरएनए आइसीसी सल्लाहकार भएर आगामी कार्यकालका लागि उपाध्यक्षका लागि उम्मेद्वार बनेका हुन् ।
एनआरएनमा गुट उपगुट भन्दा एनआरएन अभियानमा तन,मन र धनले सदैव सहयोग गर्न सक्ने शेर्पालाई नेतृत्व तहमा ल्याउनै पर्ने आवाज विश्वभर रहेका गैरआवासीय नेपालीहरुको छ ।




















