एनआरएनएको निर्वाचन रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन
- भदौ २८, २०७८
- 0
गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन प्रक्रिया स्थगन गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ ।
एनआरएनको प्रतिनिधि छनौटमा विवाद भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा एनआरएनए केन्द्रिय समितिलाई निर्वाचन रोक्न परराष्ट्रले पत्राचार गरेको हो ।
प्रतिनिधी छनौटको विवाद समाधान नभएसम्मका लागि केन्द्रिय निर्वाचन प्रक्रिया अगाडि नबढाउन परराष्ट्रले भनेको छ ।
प्रधानमन्त्री देउवाले नै परराष्ट्र मन्त्रालयमा फोन गरी एनआरएनको प्रतिनिधि छनौटमा धाँधली भएको सुनेको भन्दै विवाद समाधान नभएसम्मका लागि निर्वाचन प्रक्रिया रोक्न भनेको र सोही अनुसार पत्राचार गरिएको परराष्ट्र स्रोतले जनाएको छ ।
तर एनआरएनको केन्द्रिय समितिले परराष्ट्रको अनुरोधलाई मान्नै पर्छ भन्ने छैन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]











