एनआरएनए मलेसियाको अध्यक्षमा थापा, उपाध्यक्ष र आइसीसी सदस्यवाहेक निर्विरोध कार्यसमिति चयन
- साउन ५, २०७८
- 0
गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) मलेसियामा विनोद वहादुर थापाको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन भएको छ ।
सन २०२१ देखि २०२३ सम्मको कार्यकालका लागी उपाध्यक्ष र आइसीसी सदस्यवाहेक सबै पद निर्विरोध चयन भएको हो ।
जसअनुसार महासचिवमा रन्जित कुमार क्षेत्री, सचिवमा रोशन सुब्बा, नारायण अधिकारी, कोषाध्यक्षमा कृष्ण नेपाल र युवा संयोजकमा अरुण गिरि तथा सदस्यमा बिरेन्द्र कार्की, बिष्णुप्रसाद बराल, सन्तोष कार्की, श्यामबहादुर श्रेष्ठ, टेकबहादुर अधिकारी, पासाङ लामा निर्विरोध चयन भएका छन ।
आईसिसि सदस्यहरु तथा उपाध्यक्षमा पनि सहमतिको प्रसास भैरहेको एशिया प्याशिफिक सहसंयोजक खगेन्द्र न्यौपानेले जानकारी दिएका छन ।
मलेसियामा हाल ५२५९ जना पन्जीकृत सदस्यहरु रहेका छन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










