एनआरएनए अफ्रिकाले तत्काल नेपालमा अक्सिजन आपूर्तिका लागि १२ लाख सहयोग गर्ने
- बैशाख २६, २०७८
- 0
कोरोना संक्रमणले मार्तुभुमीको स्थिति झनझन बिग्रदो अबस्थामा गए पछि अक्सिजन समेत नपाएर बिरामी स्वजनहरुको मृत्यु भइरहेको दुस्खद स्थितिमा सहयोग पुरयाउन अफ्रिकास्थित एनआरएनएका राष्ट्रिय समन्वय समितीहरुबाट नेपालका १० जिल्लामा अक्सिजन आपूर्तिका लागि स्थानीय निकाय, संघ सस्था सङ्ग समन्वय गरि १२ लाख सहयोग पठाउने निर्णय गरेको छ ।
सधै झै स्वदेशलाई अप्ठ्यारो परेको बेला थोरै संख्यामा रहे पनि अफ्रिकाका नेपालीहरुले आफ्नो स्वदेशप्रति माया राखी सहयोग गर्दै आइरहेको र यो बिपतमा पनि साथ दिन लागेको हो, अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले जानकारी गराए ।
अफ्रिका क्षेत्रको आजको बैठकले डीआरसी कङ्गोका अध्यक्ष अमृत क्षेत्रीको संयोजकत्वमा डीआरसी कङ्गो, घाना, मोजाम्बिके एनसीसीहरु र कृष्ण डुम्रे आइभोरी कोस्टको सहयोगमा पाल्पा, गुल्मी, नवलपुर, नवलपरासी र स्याङ्जामा ३ लाख ५० हजार बराबरको ५५० सिलिन्डर रिफिल गरि बुटवलबाट पठाउने, सेसेल्स अध्यक्ष रामप्रसाद पन्तको संयोजकत्वमा सेसेल्स र केन्या एनसीसीले चितवनमा करिव २ लाखको तत्काल आबश्यक स्वास्थ्य सहयोग गर्ने, युगान्डा अध्यक्ष बिनोद थापाको संयोजकत्वमा बारा पर्सा लगाएत दुई नम्बर प्रदेशमा युगान्डा, बोत्स्वाना र दक्षिण अफ्रिका एनसीसीको सहयोगमा ३ लाख बराबरको अक्सिजन आपूर्तिमा सहयोग पुर्याउने र अन्तर्राष्ट्रिय समितीकि महिला उपसंयोजक मन थापाको संयोजकत्वमा सुदुरपश्चिम प्रदेशमा तिन लाख बराबरको अक्सिजन आपूर्तिमा सहयोग पुर्याउन नाइजेरिया, जाम्बिया र तान्जानिया राष्ट्रिय समन्वय समितिले तत्काल सहयोग गर्ने निर्णय गरेको छ ।
क्षेत्रीय संयोजक थापाले थप सहयोग उठाउदै जाने र आबश्यकता अनुसार अन्य जिल्लाहरुमा सहयोग गर्दै जाने बताए ।
संघको क्षेत्रीय बैठकमा मोजाम्बिके अध्यक्ष देबी पौडेल, कङ्गो अध्यक्ष अमृत क्षेत्री, केन्या अध्यक्ष सुरज डुम्रे, तान्जानिया अध्यक्ष पुष्प राज भट्टराई, सेसेल्स अध्यक्ष रामप्रसाद पन्त र युगान्डा अध्यक्ष बिनोद थापा लगाएतको उपस्थिति थियो । बैठकमा संघका अन्तर्राष्ट्रिय समितिका पुर्व कोषाध्यक्ष हिक्मत थापाले मुलुक अप्ठ्यारोमा परेको बेला अफ्रिकाका एनआरएन साथीहरूले उदार दिलले सहयोग गर्नु भएको र यो संकटमा पनि सधै झै योगदान पुर्याउनेमा आफू बिश्वस्त रहेको बताए ।













