परोपकारी गतिविधि गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना, प्रस्तावित अध्यक्षमा जीवा लामिछाने
अभियानमा लीलामणि पौड्याल, कुलचन्द्र गौतम र मनीषा कोइराला पनि जोडिए
- बैशाख ८, २०७८
- 0
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं संरक्षक जीवा लामिछानेलाई अघि सारिएको छ ।
फाउण्डेशनमा पूर्व मुख्यसचिव लीलामणि पौड्यालसहित कुलचन्द्र गौतम, मनीषा कोइरालालगायतका ख्यातिप्राप्त व्यक्तित्वहरु जोडिएको जानकारी दिनुहुदै संघका अध्यक्ष कुमार पन्तलले यस पुनीत अभियानमा जोडिनुभएको सबैलाई बधाइ तथा सफलताको शुभकामना व्यक्त गरेका छन ।
‘विश्वभर फैलिएका नेपालीले गर्ने परोपकारी कार्यलाई एकीकृत, अझ प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले छुट्टै फाउन्डेसन स्थापना गरिएको हो’ संघका अध्यक्ष पन्तले फेसबुक स्टाटस लेख्दै भन्नुभयो –‘फाउन्डेसनमार्फत् संघले नेपालमा प्राकृतिक विपत्ति, शिक्षा, स्वास्थ्य, प्राचिन स्मारक जीर्णोद्धार, कला, संगीत आदि क्षेत्रमा सहयोग, वैज्ञानिक तथा श्रमिकको क्षमता अभिवृद्धि, खेलकुद विकास र गैरआवासीय नेपालीको उत्थान आदि क्षेत्रमा काम गर्नेछ । सदाझैँ संघको यस पहलमा पनि यहाँहरू सबैको सहयोग हुने अपेक्षा छ ।’














