सरकारले विदेशबाट नेपाल आउने यात्रुलाई सहज बनाउँदै

एनआरएनलाई पूर्व स्वीकृति विना नै अनअराइभल भिसा दिइने
news-details

सरकारले विदेशबाट नेपाल आउने यात्रुहरुको सहजिकरणका लागि केही खुकुलो बनाएको छ । गैरआवासीय नेपालीका लागि त्रिभुवन विमानस्थलमा पूर्व स्वीकृति वा सिफारिस बिना नै अनअराइभल भिसा खुला गरेको छ ।

अध्यागमन विभागले नेपाली मुलका विदेशी, नेपालीसँग नाता सम्बन्ध भएका वा गैरआवासीय नेपालीलाई विमानस्थलमा नै अनअराइभल भिसा उपलब्ध गराउने जनाएको हो ।

यसअघि सरकारले सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट पूर्वस्वीकृति लिएर आएमा मात्र अनअराइभल भिसा दिने गरेको थियो । अध्यागमन विभागले १० मंसिर, १० पुस र ११ माघको अनुसार मन्त्रिपरिषद्को निर्णयबाट भएका व्यवस्थाहरु सार्वजनिक गरेको छ ।

‘अब नेपाली मुलका विदेशी (राहदानीमा जन्मस्थान नेपाल उल्लेख भएको) वा नेपालीसँग नाता सम्बन्ध भएका वा गैरआवासीय नेपाली नागरिकलाई बिना शर्त अनअराइभल भिसा दिइने छ’ अध्यागमन विभागका निर्देशक तथा सूचना अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

यसबाहेक कुटनीतिक र औपचारिक राहदान बाहक वा यूएनका कर्मचारीले समेत बिना शर्त अनअराइभल भिसा पाउने छन् । नेपालमा रहेका अन्तर्राष्टिय संस्थामा कार्यरत विदेशीलाई समेत अब बीना शर्त अनअराइभल भिसा दिइने भएको छ ।

विदेशबाटै नेपालको भिसा लिएर आएमा भने सबै विदेशीले प्रवेश अनुमति पाउने छन् । भिसा नभएका विदेशी पर्यटकले भने नेपाली नियोगबाटै भिसा लिएर नेपाल आउनु पर्ने जनाइएको छ ।

अनअराइभल सुविधा भने अहिले त्रिभुवन विमानस्थलमा मात्र उपलब्ध हुनेछ । स्थलमार्गबाट प्रवेश गर्न चाहने विदेशी नागरिकले भने नेपाल सरकारको पूर्वस्वीकृति लिनुपर्ने भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया