एनआरएन कतारले एक हप्ते निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै

news-details

गैरआवासिय नेपाली संघ कतारले एक हप्तासम्म नेपाली श्रमिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

कतारमा कार्यरत नेपालीको स्वास्थ्यलाई मध्यनजर गर्दै एनआरएनले आगामी जनवरी २२ देखि २८ तारिखसम्म निःशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए ।

निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा १५ जना अनुभवी डाक्टरहरुबाट ब्लड प्रेसर, ब्लड सुगर, कोलेस्ट्रोल, इसिजी, युरिक एसिड, स्वास्थ्य परामर्श, बिएमआइजस्ता स्वास्थ्य सेवाहरु प्रदान गरिने अध्यक्ष मुसलमानले बताए ।

उक्त कार्यक्रम एसियन मेडिकल सेन्टर, अल वाक्रामा २२ जनवरी अर्थात आगामी शुक्रबार दिनको ४ः०० बजेदेखि बेलुकी ९ बजेसम्म र बाँकी २३ जनवरीदेखि २८ तारिखसम्म बिहान ८ देखि बेलुकी ९ बजेसम्म सञ्चालन उनले बताए ।

अध्यक्ष मुसलमानले भने–‘उल्लेखित मिति, स्थान र समयमा उपस्थित भएर निःशुल्क स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिन सम्पूर्ण नेपाली समुदायमा अनुरोध गर्दछु ।’

संघले एनआरएनले केही समय अगाडि कान्तिपुर मेडिकल सेन्टरसँगको सहकार्यमा ‘स्वास्थ्य नै ठूलो धन हो’ भन्ने उदेश्यका साथ कतारको राष्ट्रिय दिवसको अवसर पारेर नेपाली श्रमिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया