कतारमा १४३ जना नेपालीहरुले गरे रक्तदान
- रोजगारमञ्च
- कार्तिक १६, २०७७
- 0
गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा कतारमा रहेका संघसंस्थाहरुको संयुक्त आयोजनामा १ सय ४३ जना नेपालीहरुले रक्तदान गरेका छन् ।
हमद मेडिकल कर्पोरेसन ब्लड डोनर सेन्टरको संयोजनमा रक्तदान कार्यक्रम गरिएको एनआरएन कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिएका छन् । दोहास्थित हमाद मेडिकल कर्पोरेसनमा भएको रक्तदान शिविरमा कतारमा रहेका समाजसेवी, व्यवसायी, पत्रकार तथा ६९ वटा संघ संस्थाहरुको सहभागीमा रक्तदान शिविर सम्पन्न भएको एनआरएन कतारले जनाएको छ ।
रक्तदान कार्यक्रममा एनआरएन आइसीसी सचिव आरके शर्मा, एनआरएन आइसीसी सल्लाहकार टिबी कार्की, आइसीसी सदस्य रमेश भट्टलगायतको उपस्थिति रहेको थियो ।

विश्व महामारीको रुपमा फैलिएको (कोभिड(१९) कोरोना भाईरसले सिर्जित गरिएको विषम परिस्थितिको बाबजुद कार्यक्रममा बृहत सहभागी जनाई कार्यक्रम सफल पार्ने र रक्तदान तथा जीवन दान गर्ने सम्पूर्ण रक्तदाताहरु साथै समन्वयको महत्वपूर्ण भूमिका निर्वाह गर्ने बिभिन्न संघ,संस्थाहरुलाई एनआरएनएको तर्फबाट अध्यक्ष मुसलमानले आभार प्रकट गरेका छन् । कार्यक्रममा एनआरएनका प्रथम उपाध्यक्ष उत्तम गुरुङ, द्वित्तिय उपाध्यक्ष एवं संघसंस्था समन्वय संयोजक कुमार खड्का, महासचिव पदम गिरी, सचिव अफसर खान, लगायतले बिशेष आभार ब्यक्त गरेका छन् ।
रक्तदान शिविरमा शिबिरमा २ सय ५० जना भन्दा बढी नेपालीहरुको उपस्थिती रहेको थियो ।
















