उच्च स्वास्थ्य मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडान नियमित बनाउन एनआरएनएको आग्रह (ज्ञापनपत्रसहित)

news-details

गैरआवासीय नेपाली संघले उच्च स्वास्थ्य मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडान नियमित बनाउन नेपाल सरकारलाई आग्रह गरेको छ ।

संघले उपप्रधान तथा रक्षा मन्त्री एवं कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक इश्वर पोखरेल समक्ष एक ज्ञापनपत्र पेश गर्दै सरकारले विदेशबाट उल्लेख्य संख्यामा नेपालीको उद्धार गरे पनि अझै हजारौं नेपाली अलपत्र परेकाले तत्काल स्वदेश फिर्तिका लागि उच्च स्वास्थ्य मापदण्ड अपनाएर नियमित उडान सुचारु गर्न आग्रह गरेको हो ।

‘चार्टर्ड उडानको अति नै महंगो भाडा तिर्नुपर्ने बाध्यता र अर्कोतिर फर्कन पाउने वा नपाउने भन्ने अन्योलले थप पिरोलेको छ’ ज्ञापनपत्रमा उल्लेख छ -‘यसर्थ उच्च स्वास्थ्य सावधानीका मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडान नियमित बनाउन तथा बेखर्ची भएर अलपत्र परेकाहरुलाई बिनाशर्त वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत् उद्धार गर्नसमेत संघ सरकारसंग माग गर्दछ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया