बजेटमा गैरआवासीय नेपालीको उच्च मुल्यांकन गरिएको एनआरएनएको निष्कर्ष
- जेष्ठ १६, २०७७
- 0
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले हिजो प्रस्तुत बजेटको स्वागत गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संसदको दुवै सदनमा हिजो आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गरेका थिए । बजेटमा एनआरएनएको उच्च मुल्यांकन गरिएको एनआरएनएले निष्कर्ष निकालेको छ ।
सरकारले विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका, रोजगारी गुमाएका, प्रवेशाज्ञाको म्याद गुमाएका तथा अन्य कारणले अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन बजेटको व्यवस्था गरेकोमा एनआरएनए अध्यक्ष कुमार पन्तले स्वागत गरेका हुन् ।
अर्थमन्त्री खतिवडाले एनआरएनको ज्ञान, सीप, पुँजी र प्रविधिलाई राष्ट्र विकासमा उपयोग गरिने बजेट वक्तव्यमा उल्लेख गरेका छन । विदेशमा जोखिममा रहेका नेपालीको संरक्षण र उद्दारमा एनआरएनको सहयोग लिइने बजेट वक्तव्यमा उल्लेख छ भने नेपालसँग नाता जोडिएका विदेशी नागरिक एनआरएनले नेपाल आउँदा अनलाइनमार्फत भिसा लिन पाउने व्यवस्था गरिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










