एनआरएनएका मध्यपूर्व संयोजक गुरुङ कतारमा सम्मानित
- मंसिर ४, २०७६
- 0
गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व संयोजक प्रवीन गुरुङ आफ्नै कर्मभूमि कतारमा सम्मानित भएका छन् ।
तमु समाज कतारले एक भव्य कार्यक्रमकावीच कतारमा स्थापित सफल युवा व्यवसायी गुरुङले आफ्नो पहिचानसगैँ तमुको नयाँ ईतिहास रचेको भन्दै सम्मानित गरेको हो ।
गुरुङ परम्परा अनुसार तमु समाजले विशेष कार्यक्रमकाविच गुरुङकी धर्मपत्नी सरिता गुरुङसहित फूलमाला र खादाले सम्मानित गरेका थिए ।
पृथक सोँच र भिन्न पहिचानका साथ गुरुङको छोरो प्रवीन विगत भन्दा फरकशैलीका साथ आफ्नो सामाजिक छविलाई थप उचाईमा पुरयाउन सफल रहेको भन्दै सम्मान कार्यक्रममा सहभागी तमुहरूले शुभकामना दिएका थिए ।
सो अवसरमा बोल्दै संयोजक गुरुङले तमुहरूबाट पाएको सम्मानलाई थप उचाईमा पुराउदै सामाजिक सेवामा थप सक्रिय बन्ने प्रतिवद्धता जनाए । छिटै रचनात्मक नयाँ खालको कार्यक्रम ल्याउने बताए ।
भरतपुर महानगरपालिका गुन्जनगरमा घर भएका गुरुङ विगत सन् २००९ देखि कतारमा व्यवसाय गर्दै आइरहेका छन् । उनी कतारको सफल व्यवसायीको रुपमा परिचित छन् ।
विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहदै कतारका धेरै क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आइरहेका उनले खाडीका नेपालीहरुलाई एकवद्ध बनाएका छन् ।
उनले २२ वटा बढी कम्पनी कतारमा संचालन गरिरहेका छन् । उनी सन् २००४ मा कामदारको रुपमा कतार आएका थिए ।
उनी कतारमा दोहोरी साँझ खोल्ने पहिलो नेपाली बन्न सफल हुन् । उनले यसअघि नेपाल आईडलको ग्रयाण्ड फाईनल र भ्वाईस अफ नेपालको ग्राण्ड फिनालेसमेत कतारमा आयोजना गरिसकेका छन् ।













