एनआरएनए कोरियाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी
- अशोज ५, २०७६
- 0
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी भएका छन । संघको छैटौं अधिबेशनमा भएको निर्वाचनमा सुवेदी बिजयी भएका हुन ।
यस्तै वरिष्ठ उपाध्यक्षमा दिपक पुन, उपाध्यक्षमा सोम तामाङ, सन्जिब राई र यदु लामिछाने, महासचिवमा बिमल सुवेदी, सचिवमा मनोज गौतम र राजकुमार स्याङ्ताङ, कोषाध्यक्षमा चन्द्र राना, सह कोषाध्यक्षमा सन्तोष खड्का र युवा संयोजकमा अरुण श्रेष्ठ निर्वाचित भएका छन ।
यस्तै आइसिसी सदस्यमा लक्ष्मी लामा गुरुङ र ओम जुग्जाली निर्विरोध चयन भए भने सदस्यहरु पनि निर्बिरोध चयन भए ।
एनआरएनए कोरियाको अधिवेशनमा भाग लिन एनआरएनए आइसिसि अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, मिडल इस्ट संयोजक आरके शर्मा, एसिया प्यासिफिक क्षेत्रका पूर्व सहसंयोजक रोविन्द श्रेष्ठ गोविन्द लगायत कोरिया पुगेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










