एनआरएनएको कोषमा उपाध्यक्ष कुमार पन्तले गरे १ करोड आर्थिक सहयोग
- भदौ २६, २०७६
- 0
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषदको कोषमा संघका उपाध्यक्ष कुमार पन्तले १ करोड रुपैया आर्थिक सहयोग गरेका छन् । उपाध्यक्ष पन्त आगामी कार्यकालका लागि अध्यक्ष पदका दावेदारसमेत रहेका छन ।
संघले आफ्नो कोष बृद्धिका लागि अग्रजहरूसँग आर्थिक सहयोगको लागि आह्वान गरेकोमा उपाध्यक्ष पन्तले १ करोड सहयोग गरेको सचिवालय प्रमुख हेमन्त दवाडीले जानकारी दिए । संघका अन्य अग्रजहरूबाट पनि सहयोग रकम आउने क्रम जारी रहेको र थप सहयोग प्राप्त हुने अपेक्षा गरेको पनि दवाडीले बताए ।
पन्तले गरेको सहयोगप्रति संघका अध्यक्ष भवन भट्टले फेसबुकमार्फत आभार प्रकट गरेका छन ।
संघले कोष बृद्धिको योजनासहित आगामी सम्मेलनमा उम्मेवदारको मनोनयन दर्ता शुल्कसमेत दोब्बरले वृद्धि गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










