एनआरएनए अमेरिकाको निर्वाचन परिणाम सार्वजनिक, अध्यक्षमा शाह निर्वाचित (पूर्ण विवरणसहित)
- जेष्ठ ६, २०७६
- 0
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको अध्यक्षमा सुनिल शाह निर्वाचित भएका छन । शाह ३ हजार ७ सय ११ मतसहित विजयी भएका हुन । अध्यक्षमा त्रीपक्षिय भिडन्त भएकोमा शाहका प्रतिद्धन्द्धि साल लम्सालले १ हजार ७ सय ९७ र सञ्जय थापाले १ हजार ५ सय ५४ मत प्राप्त गरेका थिए ।
यस्तै निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा डा. अर्जुन बञ्जाडे, उपाध्यक्षहरुमा विआर लामा, कृष्णजीवी पन्त, सर्वञ्ज वाग्ले र बुद्धि सुवेदी विजयी भए ।
महासचिवमा पशुपति पाण्डे, सचिवमा अमृत कट्टेल, कोषाध्यक्षमा नेत्रबन्धु पोखरेल, सहकोषाध्यक्षमा सन्तोष विष्ट, महिला संयोजकमा दीक्षा बस्नेत र युवा संयोजकमा विनोद रुवाली निर्वाचित भएका छन ।
हेर्नुहोस निर्वाचनको पूर्ण विवरण :

0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










