गैरआवासीय नेपाली संघको ११ औं क्षेत्रीय बैठक लक्जेमवर्गमा सुरु हुँदै
- साउन १३, २०७५
- 0
गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ युरोपीयन क्षेत्रीय बैठक आज लक्जेमवर्गमा सुरु हुँदैछ । बैठक नेपालमा पुँजी सहितको ज्ञान, सीप र दक्षता भित्राउदै पर्यटन प्रवद्र्धनमा केन्द्रित रहने प्रवक्ता भूषण घिमिरेले बताए ।
गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर आगामी अक्टोबर १३ र १४ मा काठमाडौंमा हुने भनिएको विज्ञ सम्मेलनको पूर्वतयारी स्वरुप पनि बैठकको आयोजना गरिएको एनआरएनएले जनाएको छ । युरेपेली क्षेत्रबाट एक अर्बको लगानी नेपालमा भित्र्याउने लक्ष्य रहेको प्रवक्ता घिमिरेले बताए ।
परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, लक्जेमवर्गका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइश कार्यक्रममा सहभागी हुनेछन । युरोपस्थित संघको २७ देशका राष्ट्रिय समन्वय परिषदका प्रतिनिधि सहित ५ सय जना बैठकमा सहभागी हुदैछन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










