पद्मश्री साहित्य पुरस्कारका लागि पाँच कृति सिफारिस
- साउन १५, २०७९
- 0
पद्मश्री साहित्य पुरस्कारका लागि सिफारिसमा परेका पाँच कृतिको सूची सार्वजनिक गरिएको छ।
खेमलाल(हरिकला समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारको लागि १५ कृतिमध्ये सिफारिसमा परेका ५ कृति सार्वजनिक गरेको हो।
अब यी कृतिबाट उत्कृष्ट कृति छानेर पुरस्कृत गरिनेछ।
प्रतिष्ठानले २०७८ सालभित्र प्रकाशित भई प्रतिष्ठानमा प्राप्त कृतिमध्ये पाँच कृति सिफारिस गरेको थियो।
नवराज लम्सालको अग्नि, केशवराज ज्ञवालीको अर्को भोर, उषा हमालको भिक्षुसँग प्रेम, दीपक पराजुलीको मिथ्या र केवल बिनाबीको यादहरूको संग्रहालय कृति पाँच कृतिभित्र परेका छन्।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]











