‘हुम्लो भोटेलामा संस्कृति र बहुपति विवाहप्रथा’ विमोचन
- फाल्गुन २३, २०७८
- 0
काठमाडौं : कन्जोक लामाद्धारा लिखित ‘हुम्लो भोटेलामा संस्कृति र बहुपति विवाहप्रथा’ पुस्तक विमोचन भएको छ । शनिबार ग्याल्पो लोसार २१४९ को अवसरमा कन्जोक लामा ‘अविनाश’द्धारा लिखित उक्त पुस्तक काठमाडौंस्थित बूढानीलकण्ठमा विमोचन भएको हो ।
विमोचन कार्यक्रममा हुम्लाका संघीय सांसद छक्कबहादुर लामा, सांसद रंगमती शाही लगायतको उपस्थितीमा भएको हो । पुस्तक बजारमा भने आइतबारबाट आउने लेखक लामाले जानकारी दिए ।
लामाले भने, ‘पुस्तकमा भोटे लामा संस्कृति र परम्परालाई समेटिएको छ । यस भित्र बहुपति लगायत लामा भित्र रहेको विवाह र संस्कृतिबारे छ ।’
अन्य वक्ताहरुमा युवराज नयाँघरे, डाक्टर सिर्जना शर्मा, डाक्टर प्रेम खत्री, प्रह्लाद ढकाल लगायत थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]













