शताब्दी पुरुष सत्यमोहन जोशीको एक सय औं जन्मोत्सव रथयात्रासहित मनाइयो
- बैशाख ३०, २०७६
- 0
संस्कृतिविद सत्यमोहन जोशी आजदेखि १०० वर्षमा प्रवेश गरेका छन् । शताब्दी पुरुष जोशीको १०० औं जन्मदिनको अवसर पारेर ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक विदासहित विशेष कार्यक्रम आयोजना गर्यो ।
कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जोशीलाई सम्मान गरिएको थियो ।
जोशीलाई बग्गीमा राखेर मंगलबजारदेखि इटी, कुमारीपाटी, जावलाखेल हुँदै पुल्चोक परिक्रमा गराइएको थियो । सार्वजनिक रथारोहण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्याण्डले पनि साथ दिएको थियो ।
संस्कृतिविद् जोशीको जन्म विक्रम सम्वत १९७७ वैशाख ३० गते ललितपुरको बखुँबहालमा भएको हो । जोशीले तीन पटक मदन पुरस्कार पाइसकेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










