‘युवाका हेराइमा शंकर लामिछाने’ अन्तक्र्रिया सम्पन्न
- माघ ११, २०७५
- 0
शंकर लामिछाने प्रतिष्ठानको आयोजनामा काठमाडौंमा प्रसिद्ध निबन्धकार शंकर लामिछानेको जन्मजयन्ती मनाइयो ।
जन्म जयन्ती कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राधेश्यााम लेकाली, संरक्षक तथा शंकरपत्नी रत्ना लामिछाने, सविता ढुंगाना, इतिहासकार डा. सुरेन्द्र के.सीले शंकर लामिछानेको लेखन र साहित्यिक क्रियाशीलताबारे चर्चा गरेका थिए ।

यसै गरी ‘युवाका हेराइमा शंकर लामिछाने’ सत्रमा निबन्धकार युवराज नयाँघरे, डा.ज्ञानु अधिकारी, रामप्रसाद पन्त, पवन आलोकले शंकरको लेखन कलाबारे चर्चा गरेका थिए । सबै वक्ताले शंकरको लेखनले नेपाली साहित्य सधैँ आलोकित हुने कुरा समेत बताएका थिए ।
अन्तक्र्रियामा डा. शान्ति गिरी, जयदेव भट्टराई, किशोर पहाडी, पद्मावती सिंह लगायतले पनि नेपाली निबन्ध र साहित्यमा शंकरको उँचो परिचय रहेको धारणा व्यक्त गरेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










