पर्यटकहरूका लागि खुल्यो अनअराइभल भिसा
- अशोज ७, २०७८
- 0
सरकारले विदेशी पर्यटकका लागि अनअराइभल भिसा खुला गरेको छ ।
सरकारको निर्णयअनुसार दुवै खोप लगाएका विदेशी नागरिकलाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अनअराइभल भिसा दिने निर्णय गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ जारी गर्दै अनअराइभल भिसा सम्बन्धि जानकारी दिएको हो ।
यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी भएसंगै नेपाल आउन चाहने विदेशी पर्यटकलाई सहज हुने भएको हो ।
अनअराइभल भिसाका लागि कोभिडको पूर्ण खोप भने लगाएको हुनुपर्ने छ । सरकारले ०७६ चैतदेखि विदेशीलाई अनअराइभल भिसा बन्द गरेको थियो ।
कोरोना संक्रमणदर कम हुँदै जाँदा सबै क्षेत्र खुले पनि सरकारले पर्यटन क्षेत्रमाथि लगाएको नियम खुकुलो नबनाउँदा पर्यटन व्यवसागीहरू आक्रोशित थिए ।
२२ वटा पर्यटन व्यवासयी संघसंस्थाले संयुक्त रूपमा पर्यटकले क्वारेन्टिनमा बस्नु पर्ने र अनअराइभल भिसा खोल्नुपर्ने माग सरकार समक्ष गर्दै आएका थिए ।













