विराटनगरलाई पराजित गर्दै लुम्बिनी एनपीएलको फाइनलमा
- मंसिर २५, २०८२
- 0
काठमाडौं । विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स दोस्रो सिजनको नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ ।
आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरलाई ४० रनले पराजित गर्दै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो ।
लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७ ओभर ५ बलमा ९४ रनमा समेटियो । विराटनगरका लागि साम हिजलेटले सर्वाधिक ३४ रन बनाए ।
लुम्बिनीले अब उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










