आज नेपाल युएईसँग प्रतिस्पर्धा गर्दै
- कार्तिक १९, २०८२
- 0
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले आयोजक युएईसँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिदेशीय युएई शृङ्खलाको अन्तिम खेलमा आज नेपालले युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आयोजक युएईसँग प्रतिस्पर्धा गर्ने भएको हो ।
खेल नेपाली समयअनुसार बिहान ११ :१५ बजे सुरु हुनेछ । जारी शृङ्खलामा नेपालले लगातार हार बेहोरिरहेको छ । पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग चार विकेटले पराजित भयो ।
अमेरिका, नेपाल र युएई सहभागी यो शृङखलामा अमेरिका अपराजित छ । नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ।
अंक तालिकाको शीर्ष स्थानमा अमेरिका छ भने यूएई पुछारमा छ । १९ खेल खेलेको नेपालको १२ अंक छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










