टप एण्ड टी–२० सिरिज : नर्दन टेरिटोरीसँग नेपाल ४२ रनले पराजित
- साउन ३०, २०८२
- 0
टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग ४२ रनले पराजित भएको छ ।
अस्ट्रेलियाको नर्दन टेरिटोरीमा स्ट्राइकले दिएको रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए ।
कुशल भुर्तेल ८, आसिफ शेख ११, लोकेश बम ०, कप्तान रोहित पौडेल २३, गुल्सन झा २६, दीपेन्द्रसिंह ऐरी १९ र सोमपाल कामी १ रन बनाएर आउट भए । रुपेश सिंह ८ र सन्दीप लामिछाने २ रनमा अविजित रहे । बलिङमा स्ट्राइकका म्याट हामोन्डले सर्वाधिक ३ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको स्ट्राइकले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनाएको थियो । स्ट्राइकका लागि कप्तान डार्सी शर्टले सर्वाधिक ५१ रन बनाएका थिए । बलिङमा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










