एएफसी महिला एसियन कप छनोट : साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालको शानदार जित
- असार १८, २०८२
- 0
एएफसी एसियन कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेको छ । उज्वेकिस्तानमा भएको खेलमा नेपालले श्रीलंकालाई ८-० गोलअन्तरले पराजित गर्यो ।
नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक पूरा गरिन् । यस्तै गीता रानाले २, पूजा राना, निशा थोकर र रेखा पौडेलले एकएक गोल गरे ।
यसअघि आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० को गोलअन्तरले पराजित गरेको थियो । नेपालले अब शुक्रबार आयोजक उज्वेकिस्तानसँग खेल्नेछ । उज्वेकिस्तानलाई हराउन सके नेपाल सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










