महिला टी-२० विश्वकप एसिया छनोट : युएईलाई हराउँदै नेपाल विश्वकपको ग्लोबल छनोटमा

news-details

आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर-३ को खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपाल विश्व छनोटमा पुगेको छ।

सोमबार थाइल्यान्डमा भएको खेलमा नेपालले महत्वपूर्ण खेलमा जित निकालेपछि सुपर-३ को शीर्ष दुई स्थान पक्का गरेको हो।

यससँगै नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक विश्व छनोट खेल्न भएको हो।

अब नेपालले यसै वर्ष विश्व छनोट खेल्नेछ। विश्व छनोटमा १० टोली भिड्नेछन्। १० मध्ये चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी९२० विश्वकपमा छनोट हुनेछन्।‍

सोमबार युएईले दिएको ११५ रनको लक्ष्य नेपालले ३ बल खेल्न बाँकी छदा ५ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा कप्तान इन्दू बर्माले नटआउट ३० रन जोडिन्। यस्तै अलराउन्डर रुबिना क्षेत्रीले २३ रन, ओपनर सम्झना खड्काले २१ रन, पूजा महतोले १३ रन को योगदान गरिन्।

‍टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले ७ विकेटको क्षतिमा ११४ रन जोड्यो।

युएईका लागि कप्तान तथा ओपनर इशा वजाले ३९ रन, अर्की ओपनर तथा विकेटकिपर तीर्था सतिशले २१ रन, लाभान्या केनीले १२ रन र हीनाले २० रनको योगदान गरिन्।

बलिङमा नेपालकी मनिषा उपाध्यायले चार विकेट लिइन् भने कविता कुँवरले दुई विकेट र राजमति ऐरीले एक विकेट लिइन ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया