महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै
- फाल्गुन २६, २०८१
- 0
चार देशीय महिला टी–ट्वान्टी क्रिकेटमा आज नेपाल हङकङबीच प्रतिस्पर्धा हुँदैछ । खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार अपराह्न पौने ५ बजे सुरु हुनेछ ।
युगाण्डा क्रिकेट एशोसियसनको आयोजनामा भइरहेको सिरिजमा दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिने छन् ।
यस सिरिजमा नेपालले खेलेका दुई खेलमा एकमा जित र एकमा हार बेहोरेको छ । त्यस्तै हङकङले पनि २ खेलमा एकमा जित र एकमा हार बेहोरेको छ ।
नेपालले अर्को खेल फागुन २८ गते, नामिबिया, फागुन २९ मा युगाण्डा र चैत १ गते हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










