राष्ट्रिय फुटबल खेलाडी प्रिती राई सम्मानित
- फाल्गुन १७, २०८१
- 0
युवा स्टार फाउन्डेशनले सर्वोत्कृष्ट महिला फुटबल खेलाडीलाई सम्मान गरेको छ । शनिबार एक विशेष समारोहकाबीच महिला फुटबल खेलाडी प्रिती राईलाई सम्मान गरेको हो ।
सम्मान गर्दै फाउन्डेशनका अध्यक्ष मोहन चन्द्र सिंहले खेलकुदमा महिला टोलीले जुन किसिमको प्रदर्शन गरिरहनु भएको छ त्यो एकदमै उत्कृष्ट रहेको बताए । उनले खेलकुदमा राष्ट्रको अगाडि जुन किसिमको प्रदर्शन नेपाली महिला टिमले गरेको छ त्यसले नेपाललाई विश्वसामू चिनाउन मद्दत पुर्याएको बताए ।
उनले भने, ‘खेलकुदमा महिला टोलीले जुन किसिमको प्रर्दशन गरिरहनु भएको छ यो एकदमै उत्कृष्ट छ । फुटबलमा प्रिती राईको भूमिका धेरै नै छ । खेलकुदको कुराहरुले गर्दा नेपाललाई विश्वले चिनिरहेको छ । उहाँले राष्ट्रका लागि जुन किसिमको प्रदर्शन गर्नु भएको छ त्यो सम्झन लायक छ ।’
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










