अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपाल म्यानमारसँग खेल्दै
- फाल्गुन ११, २०८१
- 0
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ ६ बजे नेपाल र म्यानमारबीचको खेल सुरू हुनेछ ।
नेपालले लिग चरणको अन्तिम खेल खेल्न लागेको हो । अन्तिम खेल अघि नै नेपाल फाइनल प्रवेश गरिसकेको छ ।
नेपालले यसअघि किर्गिस्तान र लेबनानलाई १/१ गोलले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
म्यानमार भने नेपालका लागि सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो । नेपालले म्यानमारसँग अहिलेसम्म चार खेल खेलेको छ ।
ती चारै खेलमा नेपालले जित निकाल्न सकेको छैन । तीन खेलमा पराजित भएको नेपालले एक खेलमा बराबरी खेलेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










