एनपीएल : लिग चरणका खेल सकिएसँगै आज ब्रेक
- पुस २, २०८१
- 0
नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका खेल सकिएसँगै आज कुनै खेलको तालिका छैनन् ।
बुधबार इलिमिनेटर र पहिलो क्वालिफायरका दुई खेल हुँदै छन् ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा इलिमिनेटर खेल चितवन राइनोज र कर्णाली याक्सबीच बिहान ९ बजे सुरु हुनेछ ।
अंक तालिका अनुसार चितवन तेस्रो स्थानमा रहेको छ भने चौथो स्थानमा कर्णाली छ ।
समान आठ अंक भए पनि काठमाडौं गुर्खाज भने रनरेटका आधारमा प्लेअफबाट बाहिरी सकेको छ ।
कर्णालीका कप्तान सोमपाल कामी र चितवनका कप्तान कुशल मल्ल ।
त्यस्तै बुधबारको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुरको भिडन्त हुनेछ ।
सुदूरपश्चिम सात खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको छ। सुदूरपश्चिम र १० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । यो खेल बुधबार दिउँसो १ बजे सुरु हुनेछ ।
जनकपुरमा कप्तान अनिल शाह र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










