एनपीएलमा आज ब्रेक

news-details

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कुनै पनि खेलको तालिका राखिएको छैन ।

भोली मंगलबार भने दुई खेल राखिएको छन् । जसअन्र्तगत बिहान ९ बजे चितवन राइनोज र लुम्बिनी लायन्स भिड्ने छन् ।

चार खेल खेलिसकेको चितवन तीन खेल जितेको छ भने चारै खेल खेलिसकेको लुम्बिनी खाता खोल्न समेत सकेको छैन ।

मंगलबार दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दै छन् । कर्णाली याक्सले चार खेल खेल्दा दुई जित र पोखरा एभेन्जर्सले तीन खेलमा एक खेल जित्न सफल भएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया