एनपीएलमा जनकपुरको विजयी सुरुवात, विराटनगर किंग्सलाई ८ विकेटले हरायो
- मंसिर १५, २०८१
- 0
नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले विजयी सुरुआत गरेको छ ।
कीर्तिपूरमा भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै सुखद् सुरुआत गरेको हो ।
विराटनगरले १२७ रनको लक्ष्य दिएकोमा जनकपुरले १५.३ ओभरमा २ विकेटको क्षतिमा १३१ रन बनाएर खेल जितेको हो ।
जनकपुरको जितमा लाहिरू मिलन्थाले नटआउट ७५ रन जोडे भने हर्ष थाकरले नटआउट २९ रन जोडे। यसअघि ब्याटिङमा आएका ओपनरद्वय अनिल साह ५ रन र आसिफ शेख शून्यमा बोल्ड भएका थिए ।
यसअघि व्याटिङमा आएको विराटनगरले मार्टिन गप्टिलको अर्धशतकका बावजुत कमोजर ब्याटिङ गर्यो। टस जितेको जनकपुर बोल्ट्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगर १९ ओभरमा १२७ रनमा अलआउट भयो।
विराटनगरका लागि न्युजिल्यान्डका गप्टिलले ५५ रन जोडे भने ओपनर लोकेश बम ५ रन, अकिब इल्यासलाई १५ रन, निकोलास किर्टोन ९ रन बनाए भने राजेश पुलामी मगर १ रनमा रनआउट भए । यस्तै प्रतिश जिसीले २ रन, बसिर अहमदले ७ रन, कप्तान सन्दीप लामिछानेले ७ रन क्रिस सोलले ४ रन, जितेन्द्र मुखियाले शुन्य रन बनाए ।
बलिङमा जनकपुरका ललित राजवंशीले ३ विकेट लिए भने किशोर महतो र हर्ष थाकरले २-२ विकेट तथा बेन माइक र मोहमद मोहसिनले १-१ विकेट लिन सफल भए।
जनकपुरका हर्ष थाकरले २ विकेट लिए ।
एनपिएलमा आइतबार स्थानीय निर्वाचनका कारण कुनै खेल हुनेछैन्। एनपिएलका खेलहरू पर्सी सोमबारदेखि सुचारू हुनेछन्।













