यू-१९ एसिया कप : पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित
- मंसिर १४, २०८१
- 0
युएईमा आजदेखि सुरु भएको एसीसी यू-१९ एसिया कपअन्तर्गत पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको हो ।
श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १७८ रनमा अलआउट भयो । ओपनर मयन यादवले सर्वाधिक ६२ रन बनाए ।
श्रीलंकाका प्रवीण मनीशाले ९ ओभरमा ३० रन दिएर ३ विकेट लिए । न्यूथन रन्जितकुमार, मथुलान कुगथास, विहास थ्योमिकाले २-२ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको थियो ।
श्रीलंकाका सरुजन सनमुगनाथनले सर्वाधिक ६२ रन बनाए । त्यस्तै लकविन अभेसिङ्गेले ५० रन बनाए । कविजा गमागेले ३७ रन बनाए ।
नेपालका सन्तोष यादवले १० ओभरमा ४५ रन दिएर ४ विकेट लिए । त्यस्तै युवराज खत्रीले २ तथा कप्तान हेमन्त धामी र नरेन साउदले १-१ विकेट लिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










