पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा
- कार्तिक ११, २०८१
- 0
साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल बराबरीमा गएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
निर्धारित समयमा १-१ को बराबरीमा सकिएपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
भारतका दुई खेलाडीको प्रहार रोकिएको थियो । नेपालबाट प्रहार गरेका ४ खेलाडीले गोल गर्दै जिततर्फ दोहोराएका हुन् ।
भारतले खेलको ७१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । त्यसलगत्तै नेपालले पनि गोल गरेको थियो ।
नेपालकी प्रीति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिएपनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता पाएको थिएन ।
त्यसपछि खेल रोकिएको थियो । रोकिएको १ घन्टापछि खेल सुरु भएको थियो । खेल सुरु भएको एक मिनेट भित्रै नेपालीकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन् ।
नेपालले अब उपाधिका लागि बंगलादेशसंग खेल्नेछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










