नेपाल प्रिमियर लिगको घोषणा : लोगो र खेल मिति सार्वजनिक
- भदौ ४, २०८१
- 0
नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरेको छ ।
सोमबार एक समारोहकाबीच खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरे ।
१५ मंसिरदेखि ६ पुससम्म प्रतियोगिता हुने मिति तय गरेको गरेको क्यानले फ्रेन्चाइज टिम किन्न टेन्डर आह्वान गरेको छ ।
यसअघि सोहि प्रकृतिको नेपाल टी–२० लिग आयोजना गरेको भएपनि विवादित भएको थियो ।
आयोजनाको जिम्मेवारी पाएको भारतीय कम्पनी भागेपछि अहिलेसम्म विजेता टिमले पुरस्कार पाएको छैन । त्यसपछि आएको क्यानको नेतृत्वले नयाँ प्रतियोगिता घोषणा गरेको हो ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सोमबार एनपीएलको लोगो र खेल तालिका घोषणा गरेका हुन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










