साफ यू–२० च्याम्पियनसिप आजदेखि : उद्घाटन खेलमा नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा
- भदौ २, २०८१
- 0
साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ ।
उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
यसअघि काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रथंशालामा उद्घाटन खेल हुने भनिए पनि खराब मैदानका कारण खेल एन्फा कम्प्लेक्समा सरेको हो । एन्फा कम्प्लेक्समा हुने खेल हेर्नका लागि ३ सय रूपैयाँ टिकट दर तोकिएको छ ।
च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्र सहभागी छन्। सहभागी ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ए मा बंगलादेश र श्रीलंका रहेका छन् ।
समूह बी मा भारत, मालदिभ्स र भुटान छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










